मेची महाकाली दौड सुरु

0
341

बिर्तामोड, मंसीर ९ । अपाङ्ग वालवालिकाका क्षेत्रमा काम गर्दै आएको काठमाडौंमा रहेको सानो प्रयास नामक संस्थालाई सहयोगार्थ दुई युवाले आजबाट मेची – महाकाली दौड शुरु गरेका छन् ।
काँकरभिट्टा स्थित मेची पुलबाट चितवन निवासी सुदीप कट्टेल र काठमाडौं स्थित न्यूरोड घर भएका राज प्रधानले दौड सुरु गरेका हुन् । २० दिनमा दौड पुरा गर्ने लक्ष्यसहित सुरु गरिएको दौडमा ५ जनाको टीम सहभागी रहने दौड सुरु गर्नु अघि आयोजित कार्यक्रममा जानकारी गराइएको थियो ।
दौडका क्रममा देशका विभिन्न स्थानमा पुगेर सानो प्रयास नामक संस्थाका विषयमा जानकारी गराउदै अपाङ्गा वालवालिकालाई सहयोग गर्न आग्रह गरिने बताइएको छ । उनीहरु  एक हजार २७ किलोमिटर दौडने कार्यक्रम संयोजक दीक्षा श्रेष्ठले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here