चिया वगानका श्रमिकलाई शिक्षा

0
398

बिर्तामोड, मंसीर ९ । नेपाली कांग्रेसका सभापति उद्वव थापाले मजदुर दक्ष र सक्षम भएमात्रै देश विकासमा  टेवा पुग्ने बताएका छन् ।
चिया बगान श्रमिकका लागि दुईदिने आधारभूत ट्रेड युनियन शिक्षा कार्यक्रमको होटल हेवनमा उद्घाटन गर्दै प्रमुख अतिथि रहेका थापाले मजदुर दक्ष नभएसम्म कुनै पनि काम प्रभावकारी बन्न नसक्ने धारणा राखे ।
माघ ८ भित्रै सहमति वा बहुमतीय प्रक्रियाबाट संविधान आउने विश्वास व्यक्त गर्दै सभापति थापाले संविधानमा मजदुरका अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।  आइएलओका सल्लाहकार म्याग्नेस वर्गले मजदुरहरुको न्यूनतम सेवाको सर्त पुरा गर्न ट्रेड युनियनहरुको सक्रियता आवश्यक हुने बताए ।
चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष नारायण बाबु कार्की आइएलओका नेपाल प्रतिनिधि नारायण भट्टराई योगेन्द्र कुँवर मिलन राई नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने सो तालिममा चिया श्रमिकका समस्या र मुद्दाहरु, संगठनका रणनीति, संगठन बिस्तारमा नेपाल ट्रेड युनियनका रणनीति प्रयास र पहल लैंगिक मुद्दा,  लगायतका विषयमा दिपक तामाङ, नारायण भट्टराई, योगेन्द्र कुँवर, नारायणबाबु कार्की लगायतले प्रशिक्षण दिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here