जन्मदिन समाजसेवा गरेर पनि मनाउन सकिन्छ

0
806

[kartik 30  gate copyनरेन्द्र ढकाल]
 बिर्तामोड, मंसीर ९ । आफ्नो जन्मदिन पार्टी र भोजभत्तेर गरेर मात्र  नभइ सेवामुलक कार्य गरेर पनि मनाउन सकिन्छ भन्ने उदाहरण झापा बिर्तामोडका एक बालकले प्रस्तुत गरेका छन् ।

विर्तामोडनगरपालीका १ जगतबस्ती स्थित शान्ति टोलका सुवाशीस भण्डारीले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड स्थित एक किलोमिटरमा रहेको वृद्धाश्रम र सैनीकमोडमा रहेको बालआश्रममा एकदिनको सम्पूर्ण खाना खर्चदिएर आफ्नो जन्म दिन मनाएका छन् ।

परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा ८ जना वृद्धा आमा र ६ जना वृद्ध बुबा रहेका छन् । २०६६ सालमा स्थापना भएको वृद्धाश्रममा रहेका वृद्धबृद्धाले भण्डारीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

त्यस्तै सैनिकमोडमा रहेको तारा नमस्ते बालआश्रममा पनि पुगेर बालक भण्डारीले एकदिनको सम्पूर्ण खाना खर्च दिएको आमा अजिता भण्डारीले जानकारी दिइन् । समाजसेवी नारायण पोख्रेलद्धारा सञ्चालित बालआश्रममा ९ जना बालबालिका रहेका छन् ।

२०६९ सालमा स्थापना भएको बालआश्रममा सहयोग गर्ने ब्यक्ति खासै नआउने भन्दै जन्मदिन मनाउन पुगेका भण्डारीले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै सानै उमेरमा समाजसेवा तथा बालबालिक र बृद्धबृद्धाको सेवामा लागेको भन्दै यस्तो कार्य सबैले सिक्नुपर्ने बताएका थिए ।

अरुले जन्मदिनमा केककाटेर तथा पार्टी गरेर मनाउने गरेपनि आफुले भने जन्मदिनमा पनि समाजसेवा गर्न सकिन्छ भन्ने सन्देश दिन बृद्ध बुबाआमा र आफु जस्तै बालबालिकालाई सहयोग गरेर मनाएको भण्डारीले बताए ।

छोराको समाजसेवा प्रतिको भावना र उसको इच्छा अनुसार नै बालबालीका र बृद्धबृद्धाहरुलाई एकदिनको सम्पूर्ण खाना खर्चदिएको आमा अजिताको भनाई छ । संञ्चारकर्मी समेत रहेकी भण्डारीले समाजमा पार्टी र भोजभर्तेर गरेर हजारौं रुपैंया खर्च गर्नु भन्दा थोरै रकम जोहो गरेर वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई सहयोग गर्ने हो भने उनीहरुले सहयोगको अनुभुति गर्ने बताइन् ।

आधुनिक र पश्चिमा संस्कृतिको सिको गर्ने बहानामा हाम्रो समाजमा गहनाका रुपमा रहेका वृद्धबृद्धालाई बोझका रुपमा लिने र उनीहरुलाई हेला गर्ने गरेको उदाहरण समाजमा प्रशस्त रहेका छन् । आफ्ना जन्मदिने आमाबुबालाई बुढेसकालमा हेला गर्दै वृद्धाश्रममा लगेर खाख्ने प्रवृति बढ्दै गएको अवस्थामा बालक भण्डारीले गरेको समाजसेवा र बृद्धबृद्धा तथा बालबालिकालाई गरेको सहयोगको सबैले सिको गर्नु आवश्यक रहेको छ ।
इलामका ११ शिक्षकले राजीनामा दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here