ब्राउन सुगरसहित तीन जना पक्राउ

१९ माघ २०७९, बिहीबार मा प्रकाशित

झापा ।

झापाको दमक नगरपालिका–२ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक–२ नयाँ आम्दा खरखरे टोलमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक–८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक–२ का २२ बर्षीय बिजय धिमालको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैया, ४ थान मोवायल र को। २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १–०२–०४८ प ६६५७, ज १२ प ५५५७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here