यस वर्ष चैत्र ४ गते पापमोचनी एकादशी परेको छ । चैत्र कृष्ण एकादशी तिथिलाई पापमोचनी एकादशीका नामले चिनिन्छ । हिन्दू पञ्चांग अनुसार प्रत्येक महिनाको ११औं तिथिलाई एकादशी भनिन्छ । एकादशीलाई भगवान विष्णुप्रति समर्पित गरिन्छ । एक महिनामा दुईपक्ष हुन्छन् । एक कृष्ण पक्षमा र एक शुक्ल पक्षमा गरी एक महिनामा दुईवटा एकादशी हुन्छन् । यस प्रकारले वर्षमा २४ वटा एकादशी हुन्छन् । तर, अधिकमासको स्थितिमा भने २६ वटासम्म हुन्छन् ।
विधान अनुसार एकादशी व्रतको दिनचर्या तीन दिनसम्मको हुन्छ । उपवासको अघिल्लो दिन अपरान्ह पश्चात भोजन ग्रहण नगर्नु र व्रतका दिन व्रत विधान पालन गर्नु र भोलिपल्ट द्वादशी तिथिका दिन सूर्योदय पश्चात मात्र व्रत समापन गर्नु भन्ने शास्त्रीय मान्यता रहेको छ । जो व्यक्ति कुनै खास कारणले एकादशीको व्रत राख्न सक्दैन, उसले एकादशीका दिन अन्नको, विशेषगरी चामलको सेवन नगर्नु, परनिन्दा तथा झुटबाट बच्नु पर्दछ । जो व्यक्ति एकादशीका दिन विष्णु सहस्र नाम पाठ गर्दछ, उसमा भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ । यदि तिथिले दुई दिन एकादशी भेटेको भए वैष्णवहरुले दोस्रो दिन र अरुले पहिलो दिन नै एकादशीको व्रत राख्नु पर्दछ ।
व्रत विधान ः एकादशी व्रतका दिन प्रातकालमा स्नानदी कर्मले निवृत्त भएर भगवान विष्णुको पूजा गर्नु पर्दछ । घ्यूमा बाती बालेर आपूmले जान–अन्जानमा गरेका पापहरुबाट मुक्ति पाउनका लागि प्रार्थाना गर्नु पर्दछ । ‘ॐनमो भगवते वासुदेवाय’ मन्त्र जप गर्नु पर्दछ ।
पापमोचनी एकादशी व्रत कथा ः भगवान श्रीकृष्णसँग अर्जुन भन्नुहुन्छ– ‘हे मधुसूदन ! हजुरले फाल्गुनमास शुक्ल पक्षको आमलकी एकादशीका बारेमा विस्तारपूर्वक बताउनुभयो । चैत्र मासको कृष्ण पक्षमा आउने एकादशीको नाम के हो ? र उसको विधि के हो ? कृपापूर्वक मेरो जिज्ञासा मेटाइ दिनु हवस् ।’ भगवान श्रीकृष्ण भन्नुहुन्छ– ‘हे अर्जुन ! चैत्र कृष्ण पक्षको एकादशी तिथिलाई पापमोचनी एकादशीको नामले जानिन्छ । एक समयको कुरा हो, पृथ्वी पति राजा मन्धाताले लोमस ऋषिलाई यही प्रश्न गर्नुभएको थियो । त्यसैले ऋषिलोमसले राजा मन्धमतालाई जे कुरा बताउनुभयो त्यही कुरा म तिमीलाई बताउँदैछु ।’ धर्म सम्बन्धी गहिरो रहस्यका ज्ञाता महर्षि लोमससँग राजा मन्धाताले सोधे, हे महात्मा ! मनुष्यको पापको मोचन कसरी सम्भव छ ? कृपा गरी कुनै यस्तो सरल उपाय बताउनुहोस कि, जसले सबैको पाप सहज तरिकाले छुटोस् ।’ महर्षि लोमस बताउनुहुन्छ, हे नृपति ! चैत्र मासको कृष्णपक्षको एकादशीको नाम पापमोचनी एकादशी हो । यस व्रतको प्रभावले मनुष्यका अनेक प्रकारका पापहरु नष्ट भएर जान्छन् । म तिमिलाई यस व्रतको कथा सुनाउँछु । ध्यानपूर्वक सुन ।
प्राचीन समयमा चैत्ररथ नामको एक वन थियो । त्यहाँ अप्सराहरु किन्नरका साथ विहार गर्ने गर्दथे । त्यहाँको मौसम सदैव वसन्तको रहन्थ्यो । सदैव नाना प्रकारका पुष्पहरु झुलिरहन्थे । कहिले गन्धर्व कन्याहरु त कहिले देवेन्द्र र अन्य देवताहरुका साथ क्रिडा गर्दथे । त्यस वनमा मेधावी नामका एक शिवभक्त ऋषि तपस्यामा लीन रहन्थे । एकदिन मञ्जुघोषानामक एक अप्सराले उनलाई मोहित गरी । ऋषिको छेवैमा बसेर वीण बजाउँदै मधुर स्वरमा गीत गाउन थाली । ऋषि माथि विस्तारै कामदेवले विजय पाउन थाल्यो । त्यसबेला ऋषि युवावस्थामा थिए । आप्mनो आकर्षणका कारण कामदेवको समान बनिसकेका मेधावीलाई मञ्जुघोषाले झनै आकर्षित गरी । ऋषि पनि उसको गायन र सौन्दर्यले मेही तबने । अब ऋषि कामदेवले पीडित भइसकेको कुरा मञ्जुघोषाले बुझि र मेधावीलाई आलिंगन गर्न लागि ।
युवतीको सौन्दर्यमा मोहित भइसकेका ऋषिले आप्mनो शिवभक्तिलाई बिर्सिए । कामवासनाले वशीभूत भई त्यही युवतीका साथ रमण गर्न लागे । काम वासनामा बशीभूत भएका कारण ऋषिलाई दिनरात कुनै कुराको पनि ज्ञात हुन छोड्यो । केही समयपछि मञ्जुघोषाले भनि– ‘हे ऋषिवर ! मेरो धेरै समय गइसक्यो । त्यसैले अबमलाई स्वर्ग जाने आज्ञा दिनुहोस् ।’ अप्सराको कुरा सुनेर ऋषि भन्न लागे, हे मोहिनी ! साँझैमा त आयौ त्यसैले बिहान उज्यालो भएपछि जाउली । ऋषिको वचन सुनेर अप्सरा अझ रमण गर्न लागि । यसरी उनीहरु दुवैले साथ साथ बहुत समय व्यतित गरे । अप्सराले एकदिन फेरि भनि– ‘हे विप्र ! अबमलाई स्वर्ग जाने आज्ञा दिनुहवस् ।’ यस पटक पनि मेधावीले उही कुरा भने– ‘हे रुपसी ! त्यति धेरै समय बितिसकेको छैन, अरु केही समय बस ।’ ऋषिको कुरा सुनेर अप्सरा बोली– ‘हे मुनीवर ! हजुरको रात त ज्यादै लामो हुँदोरहेछ । हजुर स्वयम् नै सोच्नुहोस कि, म यहाँ आएको कति समय भइसक्यो ? के अबअझै अरु समय यहाँ बस्नु उचित होला त ?’
अप्सराको कुरा सुनेर ऋषिलाई बल्ल समयको बोध भयो । उनी गम्भीरतापूर्वक विचार गर्न लागे । जब उनलाई समयको ज्ञान भयो, तब पत्ता चल्यो कि, रमण गरेको सन्ताउन्न वर्ष बितेछ र उनलाई चेत आयो कित्यो अप्सरा त उनको काल बनेर आएकी रहिछ । यति धेरै समयभोग विलासमा व्यर्थ बितेका कारण ऋषिलाई ज्यादै क्रोध उत्पन्न भयो । क्रोधको रीसमा जलेका ऋषिका इन्द्रियहरु बेकाबु हुन लागे । आप्mनो तपनाश गर्ने अप्सरालाई रीसले थरथर काँप्दै श्राप दिन लागे, मेरो तपलाई नाश गर्ने दुष्ट तँ महा पापिनी र दुराचारिणी होस् । अब तँ मेरो श्रापले पिशाचिनी भएर बस् । ऋषिको क्रोधयुक्त श्रापले अप्सरा पिशाचिनी भई । पिशाचिनी भएपछि अप्सरा अत्यन्त व्यथित हुँदै बोली– ‘हे मुनिवर ! अवक्रोध त्यागेर मसँग प्रसन्न हुनुहोस् र कृपा गरी बताउनुहोस् कि, यस पापको निवारण कसरी हुन्छ ? विद्धानहरु भन्छन्– साधुको संगत राम्रो र शुभ फलदायी हुन्छ । हजुरसँग त मेरो धेरै वर्ष बितिसकेको छ । त्यसैले अब मसँग प्रशन्न हुनुहोस् अन्यथा एक पुण्यआत्मासँग बसेर पनि मञ्जुघोष पिशाचिनी बन्नुप¥यो भनेर मानिसहरुले कुरा काट्ने छन् ।
मञ्जुघोषाको कुरा सुनेर ऋषिलाई आप्mनो क्रोधप्रति अत्यन्त ग्लानी भयो । साथै आप्mनो बदनामीको डर पनि भयो । त्यसै कारणले पिशाचिनी बनेकी मञ्जुघोषालाई ऋषिले भन्नुभयो– तैँले ममाथि एकदमै गलत गरिस तर पनि म तँलाई यस श्रापबाट मुक्तिको उपाय बताइदिन्छु । चैत्र महिनाको कृष्णपक्षको एकादशी तिथि पापमोचनी एकादशी हो । उक्त एकादशीको उपवास गर्नाले तैँले पिशाचिनीको देहबाट मुक्ति पाउनेछेस् । तत्पश्चात ऋषिले उसलाई व्रतका विधान बताइदिए र आप्mनो पापको प्रायश्चित गर्नका लागि आप्mना पिताच्य वन ऋषिसँग गए । च्यवनऋषिले पुत्र मेधावीलाई भने– हे पुत्र ! तैँले त्यस्तो के गरिस र तेरो तप सबै नष्ट भयो ? जसले तेरो सम्पूर्ण तेज मलिन बनाएको छ ? मेधावी ऋषिले लाजले आप्mनो शीर झुकाएर भने– ‘हे पिताश्री ! एक अप्सरासँग रमण गरेर मैले ठूलो पाप गरेँ । यही पापका कारण हुनुपर्छ मेरो सबै तेज र तप नष्ट भएको । कृपा गरीमलाई यो पापबाट छुट्ने उपाय बताउनुहोस् ।’
ऋषिले भने– हे पुत्र ! चैत्र कृष्ण पक्षको पापमोचनी एकादशी तिथिको भक्तिपूर्वक उपवास गर । यसका प्रभावले तिम्रो सम्पूर्ण पाप नष्ट हुनेछ । पिताको वचन सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको विधिपूर्वक व्रत गरे र यसका प्रभावले उनका सम्पूर्ण पापहरु नष्ट भए । मञ्जुघोषा अप्सरा पनि पापमोचनी एकादशीको व्रत गर्नाले पिशाचिनीको देहबाट मुक्त भई र फेरि सुन्दर रुप धारण गरेर स्वर्गलोक गई । लोमस ऋषिले भने– हे राजन ! यस पापमोचनी एकादशीको प्रभावले समस्त पाप नष्ट हुन्छ । यस एकादशीको कथा श्रवण वा पठन गर्नाले मात्र पनि एक हजार गौदान गरे समान फल प्राप्त हुन्छ । यो व्रत गर्नाले ब्रम्हहत्या, स्वर्ण चोरी, मधपान, अगम्यागमन जस्ता भयंकर पाप पनि नष्ट हुन्छन् र अन्त्यमा स्वर्गलोक प्राप्त हुन्छ ।