बिर्तामोड।
झापाको बिर्तामोडमा टोस्टमास्टर्स क्लबले आफ्नो सयौं बैठकका अवसरमा ‘गाला उत्सव’ मनाएको छ ।
बिर्तामोड स्थित सिद्धार्थ ग्रान्ड सिटी होटलमा भएको कार्यक्रममा टोस्टमास्टर्सहरूले आ–आफ्ना कला प्रस्तुत गरेका थिए । गायन, नृत्य तथा विभिन्न कलात्मक प्रस्तुहरु दिइएको जनाइएको छ । कार्यक्रममा टोस्टमास्टर्सका अग्रज सुमान शाक्यले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न उपहारका लागि लक्की ड्र समेतको आयोजना गरिएको थियो । कार्यक्रममा धरान तथा विराटनगरका टोस्टमास्टर्सको समेत सहभागिता रहेको थियो ।
बेलायतबाट आएका टोस्टमास्टर्स जानवी खेडिया तथा आशिष राईले आफ्ना अनुभव सुनाएका थिए । झापा टोस्टमास्टर्स क्लबकी अध्यक्ष डा. सन्ध्या राठीले टोस्टमास्टर्सको एकता र कार्यदक्षता नै टोस्टमास्टर्स क्लबको सफलता भएको बताइन् । मानिसहरूमा सकारात्मक सोचको विकास गर्न टोस्टमास्टर्स क्लब महत्वपूर्ण भूमिका खेल्ने डा. राठीको भनाई छ ।
सोही अवसरमा धरान तथा झापाका नयाँ टोस्टमास्टर्सको पनि परिचय गराइएको थियो ।