याक्थुम स्टारको ग्रानफिनान्ली शो सिक्किममा हुने

0
78

उमानाथ भण्डारी,
कमल ।

याक्थुम स्टारको पहिलो सिजनको टप १२ राउण्ड भारतको सिक्किममा हुने भएको छ ।

अमरकृती म्युजिक प्रा.लि.को अयोजनामा सन्चालित “याक्थुम भाषा याक्थुम लिपी याक्थुम हरुको शान , अस्तित्व र मौलिकता बचाउने याक्थुम स्टारको अभियान” भन्ने नाराका साथ सूरु भएको प्रतियोगिता आगामी साउन २३ गते (२०२३ अगस्ट ८ तारिक) का दिन सिक्किमको गेजीङ्ग स्थित कम्युनिटी हलमा सम्पन्न हुने अमरकृती म्युजिक प्रा.लि.का अध्यक्ष तथा याक्थुम स्टारका कार्यक्रम संयोजक ब्रोसीस मावोहाङ्ग याक्थुमले जानकारी दिए ।

पहिलो राउण्ड बाट छनौट भएका २९ जना प्रतिष्पर्धी बिच गत साउन ५ गते झापाको विर्तामोडमा दोश्रो राउण्ड सम्पन्न भएको थियो । त्यस बाट १२ जना प्रतिष्पर्धी छनौट भएका छन् । छनौट भएका प्रतिष्पर्धी बीच सिक्किमको गेजीङ्ग स्थित कम्युनिटी हलमा हुने संयोजक मावोहाङ्गले जानकारी दिए ।

सिक्किममा हुने १२ जना प्रतिष्पर्धीहरु बिच प्रतियोगितामा हुनेछ । प्रतियोगिताको निर्णायकमा सञ्चमान ताम्लिङ्ग सुब्बा सिक्किम, प्रमोद सुब्बा सिक्किम,गंगा फ्याक लिम्बू नेपालबाट रहनु भएको छ । प्रतियोगितमा प्रथम,द्वतिय ,तृतिय र सान्त्वना भएका प्रतिष्पर्धीलाई नगद,गिप्टहेम्पर,र गाना रेकडिङ्गको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here