प्याब्सन झापाको नगर एवम् जिल्लास्तरिय अतिरिक्त क्रियाक्लाप प्रतियोगिता शुरु

0
12

अर्जुनधारा, निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) नेपाल झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा नगर एवम् जिल्लास्तरिय अतिरिक्त क्रियाक्लाप प्रतियोगिता–२०८० शुरु भएको छ ।
अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूलको सभाहलमा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
प्रतियोगिता अन्र्तगत निबन्ध लेखन, चित्रकला, आकस्मिक वकतित्वकला, हाजिरी जवाफ, श्रुतिलेखन, हिज्जे आदि सञ्चालन हुने प्याब्सनका अध्यक्ष सिटौलाले जानकारी दिए । उक्त प्रतियोगितामा २९ वटा विद्यालयका पाँच सय बढी विद्यार्थीहरुको सहभागिता हुने बताइएको छ ।
अध्यक्ष सिटौलाले प्रतियोगिताको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार एवम् रुपरत्नका संस्थापक प्रभुकुमार श्रेष्ठ, प्रतियोगिताका निर्णायकद्वय सुवर्ण भट्टराई र हरिनारायण भट्टराई, अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राईलगायतको आतिथ्यता रहेको थियो ।
प्याब्सनका उपाध्यक्ष कुमार रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here