शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

0
9
काठमाडौँ,
नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।
महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न असन्तुष्टि जनाएको हो ।
महासङ्घका अध्यक्ष अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरुसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरु बाध्यतावश आन्दोलनमा जान लागेको बताउनुभयो ।
नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here