प्याव्सन झापाले कांग्रेस सह–महामन्त्री पाण्डेलाई बुझायो ध्यानाकर्षण पत्र

0
13

बिर्तामोड ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाले शिक्षा विधेयक तथा शिक्षा सम्बन्धिका विषयमा नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराएको छ ।

संघीय सांसद एवम् शिक्षा, स्वास्थ्य, सूचना प्रविधि समिति सदस्य पाण्डेलाई प्याब्सन झापाको कार्यालयमा शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षा विधेयमा भएका विषयका बारेमा नीजि विद्यालयहरुको धारणा राखेको हो ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विषयमा छलफल तथा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो । प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पूर्व केन्द्रिय सदस्य गुरुभक्त न्यौपाने, प्याब्सन केन्द्रिय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, प्याब्सन केन्द्रिय सल्लाहकार गोविन्द लम्साल लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

उनीहरुले शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विषयमा नीजि विद्यालयलाई गरीको ब्यवहारको विषयमा सह–महामन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ झापाले पनि ध्यानाकर्षण पत्र बुझाएको थियो । कार्यक्रमको संचालन प्याब्सन झापा जिल्ला सचिव हरिकृष्ण पाठकले गरेका थिए । ध्यानाकर्षण पत्र बुझदैं सह–महामन्त्री पाण्डेले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here