प्यारागनले गर्यो एसईई उत्तीर्णलाई सम्मान

0
40

सुरुङ्गा।

सुरुङ्गास्थित प्यारागन एकाडेमीले सो विद्यालयबाट एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

सो विद्यालयबाट एसईई-२०८० मा १२ जनाले ३.६१ भन्दा माथिको जीपीए, २७ जनाले ३.२१ देखि ३.६० सम्म जीपीएसहित ५३ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए । उत्तीर्ण सबैलाई खादा र अबिर लगाएर सम्मान गरिएको थियोे ।

प्यारागन एकाडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पा सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका सहायक प्रअ तीर्थराज खरेल, सिद्धार्थ बैंक लिमिटेड सुरुङ्गा शाखा प्रबन्धक श्याम नेपाल, नेपाल बैंक लिमिटेड काकरभिट्टाका अधिकृत राम खरेल, प्यारागनका शैक्षिक संयोजक सीएन भण्डारी, शिक्षक लक्ष्मी सुवेदी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा उत्तीर्ण विद्यार्थीहरू विधान श्रेष्ठ, सन्ध्या खतिवडा लगायतले विद्यार्थीका तर्फबाट धन्यवाद राखेका थिए । कन्काई मावि विज्ञान कार्यक्रम संयोजक साजनकुमार लिम्बू, सञ्चारकर्मी सीएम शर्मा, अभिभावक ललिबहादुर बोहरा लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here