मोरङको उर्लाबारीमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

0
7

उर्लाबारी ,

मोरङको उर्लाबारी नगरपालिका–७ स्कुलडाँडामा कारले ठक्कर दिँदा शुक्रबार राति एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले राति ८ बजेतिर उर्लाबारी–७ का ५६ वर्षीय वोधविक्रम मुखियालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुरुमा मुखियालाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पतालमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि बी एन्ड सी लगिएको हो । चिकित्सकले राति ९ः३० बजेतिर मृत घोषित गरेका हुन् ।

प्रहरीले दुर्घटनालगत्तै कार र चालक भक्तपुरको सूर्यविनायक नगरपालिका–९ का ३३ वर्षीय भाष्कर गुरागाईंलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here