अम्बिका बस्नेतलाई वर्ष उत्कृष्ट आमा सम्मान

0
9

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयले वर्ष उत्कृष्ट आमाको रुपमा अम्बिका बस्नेतलाई सम्मान गरेको छ ।

विहीबार विद्यालयमा आयोजित आमा भेलाका बीच बस्नेतलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना उप्रेती र विशिष्ट अतिथिहरु मेचीनगर १४ का वडा अध्यक्ष बाबुलाल सुब्बा र शिक्षा अधिकृत पबित्रा ढकालले संयुक्त रुपमा सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य संकरलाल राजवंशीको सभापतित्वमा सम्पन्न भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका बारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु ढकाल, सुब्बा र प्रमुख अतिथि उप्रतीले मन्तब्य राख्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा आमाहरुको योगदानका बारेमा चर्चा गरेका थिए । शिक्षक पदम प्रसाद मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here