इलाममा मेलमिलापका लागि पुनतार्जगी तालिम

0
6

विमल दहाल, इलाम ।

मेलमिलापकर्ताका लागि तीन दिने पुनतार्जगी तालिमका इलामको फाकफोकथुम गाउँपालिका शनिवार सम्पन्न भएको छ ।

न्यायिक समिति सचिवालय फाकफोकथुम गाँउपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा मेलमिलाप केन्द्र सञ्चालन, मेलमिलाप एेन(२०६८, नियमावली(२०७०, कानुनमा जान्ने पर्ने कुरा, मेलमिलापका चरणहरु, वहुसरोकाको विवाद र मेलमिलाप, मेलमिलाप कर्ताको आचारसंहिता, मेलमिलापमा संचार सिप र मेलमिलाप प्रकृया, स्थानीय सरकार संचालन ऐन २०७४ मा भएका व्यबस्था र महिला हिंसा बिरुद्ध कानुनी व्यवस्था लगायत विषयमा सहजीकरण गरिएको थियो।

सचेतना समापन कार्यक्रममा प्रमुख अतिथि फाकफोकथुम गाँउपालिका प्रशासकिय अधिकृत बद्रीनाथ पोख्रेलले तालिम पछी मेलमिलापकर्ता विवाद समाधान गराउन सक्षम रहने बिश्वास व्यक्त गर्नुभयो ।

न्यायिक समिति संयोजक तथा फाकफोकथुम गाँउपालिका उपाध्यक्ष कल्पना राईले मेलमिलापकर्तालाई विवाद समाधानमा पुर्ण दक्षता प्राप्त रहेकाले मेलमिलाप केन्द्रबाटै विवाद समाधान हुनेमा ढुक्क रहेको वताउनु भएको छ। वहाँले वडा वडामा मेलमिलाप केन्द्र व्यवस्थित गरिएको बताउनुहुदै विधि र पद्धतीलाई अवलम्बन गरि विवाद समाधान गर्न र न्यायिक सचिवालयमा प्रतिवेदन पेश गर्न समेत अनुरोध गर्नु भएको छ ।

पुनतार्जगी तालिमले कानुनी आधारमा मेलमिलाप कसरी गराउने भन्नेमा थप दक्षता प्राप्त रहेको भन्नेमा आफु विश्वस्त भएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष टंक खनालले तालिममा सैद्वान्तीक विषयमा महत्वपुर्ण जानकारी रहेपनि व्यवहारिक कार्य कमजोर रहेको भन्दै आगामी तालिममा मेलमिलाप अभ्यासलाई जोड दिन सुझाव दिनु भएको थियो ।

तालिम सहजकर्ताहरु अम्बर देवान, प्रदिप अधिकारी र विमल कुमार दहालले सहजीकरण गर्नुभएको तालिम समापन समारोहमा उपाध्यक्ष कल्पना राई, प्रशासकिय अधिकृत बद्रीनाथ पोख्रेल, सहभागीका तर्फवाट टंक खनाल, सहजकर्ता विमल कुमार दहाल, पूर्वान्चल विश्व विध्यालय कानुन संकाय अन्तरगत पुर्बाञ्चल विश्वबिध्यालय डिनको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको साझेदारी र फाकफोकथुम गाँउपालिकाको समन्वयमा सन्चालित क्लीनिकल लिगल एजुकेशनमा आउनु भएका कानुनका बिध्यार्थीहरु मनिष कोजु, शैलेष खिउजु लगायतले मन्तव्य राख्नु भएको थियो

मेलमिलापकर्ताका लागि पुनतार्जगी तालिममा ६० जनाको सहभागिता रहेको थियो । न्यायिक समिति संयोजक तथा उपाध्यक्ष कल्पना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन उजुरी प्रशासक विमल घिमिरेले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here