विर्तामोडमा पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखन सम्बन्धी तालिम

0
5

विर्तामोड।

झापाको विर्तामोडमा नेपाली भाषाका शिक्षकले नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखन सम्बन्धी एक दिने तालिम पाएका छन् ।

संस्थागत विद्यालयहरुको छाता संगठन नीजि तथा आवाशिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) विर्तामोड नगर कार्यसमितिको आयोजनामा शिक्षण शिकाइका क्रियाकलाप र त्यससंग सम्बन्धित विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको हो ।

जिल्लाको विर्तामोड, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, कनकाई, हल्दिबारी, बुद्धशान्ति लगायतका सामु्दायिक तथा संस्थागत विद्यालयका ११६ जना नेपाली भाषाका शिक्षक शिक्षिका तालिममा सहभागि थिए ।
नेपाली भाषा र त्यसको प्रयोगमा देखिएको जटिलतालाई सहज तुल्याउने उद्देश्यले स्थानिय आदर्श व्याँङक्वेटको सभाहलमा मंगलबार तालिमको आयोजना गरिएको हो । कार्यक्रमको संयोजन ऐरावती प्रकाशन प्रालिले गरेको आयोजक विर्तामोड नगर प्याव्सनले जनाएको छ ।

तालिमको उद्घाटन नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) झापाका अध्यक्ष गौरिमान फागोले गरेका थिए । उनले अन्तराष्ट्रिय भाषालाई भन्दा पनि नेपाली राष्ट्रिय भाषालाई बढी प्राथमिकता दिनुपर्ने बताए । नेपाली भाषा सबै नागरिकले जाने बुझेको भाषा भएकोले अन्य मुलुकको भाषा भन्दा आफ्नै राष्ट्रिय भाषालाई कक्षा कोठामा बढी प्राथमिकता दिनुपर्ने उनले बताए ।

‘विद्यालय उमेरदेखी नेपाली भाषाले सिकाउने संस्कार विद्यार्थीलाई सिकाउन सकिएन भने भविष्यमा उनिहरुले शिक्षकलाई धिक्कारछन् । त्यसबाट बच्नका लागि पनि उनिहरुलाई चलन चल्तिका नेपाली भाषाको प्रयोग गर्न सिकाउनु पर्छ,’ उनले भने ।

नेपाली भाषालाई हरेक क्षेत्रमा प्रयोगमा ल्याउन सबै जिम्मेवार बन्नुपर्ने उनले बताए । ‘अन्य मुलुकको भाषा जान्दिन, बुझेको छैन भन्दा पाइन्छ । जान्नै पर्छ भन्ने छैन । तर, नेपालीले भाषा जानेको छैन भन्न पाइन्न । जाने बुझेकै हुनुपर्छ,’ उनले भने । कक्षा कोठाबाट नेपाली भाषा र संस्कार सिकाउनका लागि हामी शिक्षकले अहम् भुमिका खेल्नुपर्ने प्याव्सन झापाका अध्यक्ष फागोले बताए ।

प्याब्सन विर्तामोड नगरका अध्यक्ष उत्तम बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्राडा देवी नेपाल, ऐरावती प्रकाशन प्रालिका निर्देशक आनन्द तिवारी, अधिवक्ता फडिन्द्रराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्याव्सन मेचीनगरका अध्यक्ष रुचालले संस्थागत विद्यालयका शिक्षकलाई सहज शिक्षण सिकाईमा सहजता तुल्याउयने उद्येश्यले आयोजना भएको यो तालिमबाट सहभागिले अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बताए ।
कार्यशालामा नेपाली पाठ्यपुस्तकका लेखक तथा नेपाली भाषाका विज्ञहरु प्रा.डा. रामप्रसाद ज्ञवाली र पाठ्यपुस्तक लेखक तथा नेपाली भाषा विद् प्रा.डा देवीप्रसाद नेपालले नेपाली भाषाका विविध विषयमा र पाठ्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए ।

सहभागिले यो कार्यक्रम शिक्षण सिकाईका लागि अतिनै उपयोगी भएको बताए । उनिहरुले पहिलो पटक नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखन सम्बन्धि तालिम पाएको बताए । विद्यार्थीलाई कक्षा कोठामा सिकाउँदा विषयगत शिक्षकले अध्ययन गरेर मात्र पाठ्यपुस्तक छनौट गरे विद्यार्थीले उचित शिक्षा र संस्कार पाउन सक्ने सहभागि शिक्षक शिक्षिकाले बताए ।

आगामी शैक्षिक सत्रदेखी नेपाली भाषाका विज्ञ, वरिष्ठ साहित्यकार तथा लेखक प्राध्यापक डाक्टर द्धय रामप्रसाद ज्ञवाली र देवी नेपाल, डाक्टर गणेश प्रसाद भट्टराई, धीरकुमार श्रेष्ठको नेपाली व्याकरण बजारमा आएको प्रकाशनका प्रवन्धक निर्देशक आनन्द तिवारीले बताए । उनका अनुसार विद्यालय तहको पाठ्यपुस्तक बजारमा पुगिसकेको । यस्तै साहित्य विधाका पुस्तकपनि ऐरावती प्रकाशनले प्रकाशन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here