लागूऔषधसहित तीन जना पक्राउ

0
7

मोरङ।

मोरङको दुईछुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयामा भारतबाट नेपालतर्फ आउदै गरेको को १९ प८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा चालक दुहबी–९ का ३० बर्षीय मो.सहबाजर पछाडी सवार २७ बर्षीय मो.जावेद आलमको साथबाट एक ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० बाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोलर डाईक्लोमाईन गरी ३६ चक्कीसहित स्थानीय ३६बर्षीय नारायण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here