सालकको खपेटासहित एक जना पक्राउ

0
7

संखुवासभा।

संखुवासभाको भोटखोला गाउँपालिका–२ चेम्ताङबाट सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ६/७ जनाको समुहले सेतो बोरामा भारी बोकी हिडिरहेकोमा उनीहरुले गस्तिमा खटिएको प्रहरी टोलीलाई देखि बोरा फालेर भागेकोले प्रहरीले पछ्याउदै जाने क्रममा स्थानीय ३५ बर्षीय छिरिङ भोटेलाई पक्राउ गरेको र उक्त बोराहरु खोलेर हेर्दा बोराभित्र सालकको खपेटा रहेकोले खपेटा प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा फरार रहेका अन्यको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here