बिर्तामोडमा जापानिज भाषा शिक्षक तालिम हुँदै

0
13

बिर्तामोड ।

झापाको बिर्तामोडमा जापानिज भाषा शिक्षक तालिम सञ्चालन हुने भएको छ ।

आगामी चैत १३ गते झाापामा रहेका जापानिज भाषा शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको इक्यान झापाले जनाएको छ ।

जापानिज भाषाको परीक्षा जे–सर्ट टिचर ट्रेनिङकाो आयोजना गरिएको इक्यान झापाका कार्य समिति सदस्य तुलसी पाठकले जानकारी दिए । जापानिज भाषा अध्यायन गराउँदै आएका शिक्षकहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताइएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा र जे–सर्ट नेपालको संयुक्त आयोजनामा आगामी मंगलबार बिर्तामोडस्थित सिद्धार्थ होटलमा ताालिमको आयाोजना गरिएको बताइएको छ । इक्यान झापाका उपाध्यक्ष राज कार्कीको संयोजकत्वमा तीन सदस्य तालिम आयोजक समिति गठन गरिएको छ । जसमा अध्यक्ष रोशन सुवेदी र कार्यसमिति सदस्य तुलसी पाठक सदस्य रहेको जनाइएको छ ।

झापामा २५ भन्दा धेरै शैक्षिक परामर्श केन्द्रहरुले जापानिज भाषा सम्बन्धि अध्यापन गराउँदै आएको बताइएको छ । जापन जाने विद्यार्थीको शैक्षिक अवस्था, शिक्षण विधि, शैक्षिक स्तर, नेपाल तथा जापानमा गर्नुपर्ने प्रक्रिया लगायतका विषायमा जानकारी गराउँदै शिक्षकहरुको क्षामता वृद्धिमा सहयोग पु¥याउने उद्धेश्यले इक्यान झापाले यस्ता खालका तालिमको आयोजना गर्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here