त्रिदेवीमा रक्तदान

0
10

लक्ष्मीपुर।

अर्जुनधारा–५ लक्ष्मीपुरस्थित बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा लक्ष्मीपुर बजार व्यवस्थापन समितिको सहकार्यमा निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको कार्यालय परिसरमा आयोजित सो कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । संस्थाले विगत वर्षहरुदेखि नै यस्तो कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्षा छविलाल लम्सालले वताए ।

बजार व्यवस्थापन समितका अध्यक्ष सोभित कटुवालका अनुसार दुईवटै संस्थाका सदस्य बाहेक अर्जुनधारा–५ कनकाई– ८ र ९ तथा बिर्तामोड–२ का स्थानीयको उक्त कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो ।

दुईवटा पालिकाको संगममा रहेको लक्ष्मीपुरलाई व्यवस्थित र समृद्ध बनाउन यस किसिमका अन्य जनपक्षीय कार्यक्रम आयोजना गर्दै लगिने बताइएको छ । कार्यक्रममा रक्त संकलन केन्द्र पञ्चकन्या बिर्तामोडको प्राविधिक सहयोग रहेको संस्थाका व्यवस्थापक यशोदा कार्कीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here