शिक्षित भएर मात्र के गर्नु र !

0
27


शिक्षा ! मानव सभ्यतालाई परिस्कृत बनाउँदै विश्वलाई उत्तर आधुनिकतातर्फ धकेल्ने तŒव ! देशमा विकास र समृद्धि भित्र्याउँदै समाज रुपान्तरण गराउने तŒव ! देश र जनतालाई निडर, दक्ष, योग्य र सचेत बनाउँदै कसैको गुलाम या नोकर होइन, मालिक बन्न उत्प्रेरणा जगाउने तŒव ! शिक्षा एक यस्तो हतियार हो, जसले स्वतन्त्रता, मुक्ति, हक–अधिकार, न्याय, समानता र क्रान्तिको पक्षमा आवाज उठाउने सामथ्र्य प्रदान गर्दछ । शिक्षाले मानिसलाई आत्मनिर्भर हुन, स्वाभिमानी हुन र नेतृत्व गर्न सिकाउँछ ।
त्यसो त शिक्षित जनशक्ति जति मात्रामा उत्पादन हुन्छन्, त्यति नै मात्रामा देशमा विकास र परिवर्तनका झलकहरु महशुस गरिन्छ भन्ने अनुमान छ । हाम्रो देशमा पनि लाखौं कलेज र युनिभर्सिटी ग्राजुएट्सहरुले उच्च शिक्षा प्राप्त गरिरहेका छन् । तर, पनि खोइ त समाज र देशमा परिवर्तन ? शिक्षित जनघनत्व गुणात्मकरूपमा वृद्धि हँुदाहँुदै पनि किन भएको छैन त विकास निर्माणमा क्रान्ति ? समाज, देश र राजनीतिमा योग्य नेतृत्वकर्ताको कमि देखिने क्रम जारी नै छ । तर पनि नीति–निर्माण र नेतृत्वदायी भूमिकामा किन भेटिँदैन त शिक्षित जनशक्ति ? कहाँ छन् त ! ती लाखौं कलेज र युनिभर्सिटी ग्राजुएटसहरु ?
एउटै उत्तर छ यी सबैको– धेरै उच्च शिक्षित युवा जनशक्ति त युरोप, अमेरिका, अस्ट्रेलिया केनेडा जस्ता सुविधासम्पन्न मुलुकहरूमा भौतारिरहेका छन् । नेपालमै भए पनि रोजगार या आर्थिक आयआर्जनको लागि अफिस या कार्यस्थलमा नै थुनिएका छन । सुविधासम्पन्न जीवनशैली, सम्मानित नोकरी र मासिक तलबको सुनिश्चिततामा, मिनेट–मिनेटको स्वतन्त्रता बेचेर आफू र परिवारको खुशी किन्दैछन् । जीवनभरी किताबको भारिले झुकेको काँधहरु अहिले आर्थिक अभाव, जिम्मेवारी र कार्यबोझमा झुकिरहेका छन् ।
एउटा भनाइ छ– जबसम्म नयाँ पुस्तालाई धेरै पडाएर नोकरी प्राप्त गराउने उद्देश्यले शिक्षा प्रदान गदर्छन्, तबसम्म देशमा केबल नोकर उत्पादन हुन्छन् मालिक होइन ।’ त्यस्तै, हामी र हाम्रो शिक्षा नीतिले पनि मालिकभन्दा नोकर नै ज्यादा उत्पादन गरिरहेको अनुमान लगाउन सकिन्छ । ‘मेहनतले पढ ! धेरै अङ्क ल्याउ ! अनि राम्रो नोकरी पाउन सक्छौ !’ भन्ने उत्प्रेरणा हामी नयाँ पुस्तालाई दिइ नै रहेका छौ ः मानौं पढ्नुको अन्तिम लक्ष्य भनेको ‘जागिर खानु या नोकरी पाउनु नै हो’ । युवा जनशक्तिको सोच छ– ‘राम्रो अङ्कमा पास गर, युरोप र अमेरिकामा बास गर, ४० पछिका नेपालमा, युवा सबै विदेशमा ।
एक अर्थमा भन्ने हो भने हाम्रो देशको शिक्षा नीति नै गलत छ । यहाँ ज्ञानभन्दा बढी पुस्तक पडाइन्छ । योग्यता र क्षमताभन्दा परीक्षाको अङ्क र पासफेलमा ध्यान दिइन्छ । असफलता र चुनौती पछि हुने जीतको अनुभव गराउनुको बदलामा हार या असफलता गलत हो भन्दै ब्याख्या गरिन्छ । मालिक या रोजगारदाता हुन आवश्यक तŒवहरु जस्तो लगानी, बचत, बित्त, पूँजी, अर्थ व्यवस्थापन, पैसाको महŒव, नेतृत्वकर्ता, स्वरोजगारी जस्ता विषयवस्तुको ज्ञान कसैले दिन सकेनौ ।
हाम्रा विद्यालयहरुले समेत नोकर या कर्मचारी बन्न चाहिने गुणहरु अनुशासन, कडा परिश्रम, मौन स्वीकृति, चुपचाप सुन्ने कला, गल्ती गर्न नहुने भ्रम र भिडको नक्कल गर्ने बानीहरुलाई अनुशरण र अवमूल्यन गर्न बाध्य बनाउँदैछन् नयाँ पुस्तालाई । १० देखि ४ सम्म चुपचाप काठको बेन्चमा बसाइन्छ साथमा डराइ–धम्काइ मोटा–मोटा पुस्तक घोक्न लगाइन्छ । अन्ततः एक वर्षको अध्ययनको मूल्यांकन तीन घण्टाको परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा गरिन्छ । के सोधिएका सिमित प्रश्नहरुको उत्तर लेख्नु र भन्न सक्नु मात्रै हो त शिक्षण सिकाइको उद्देश्य ?
भनिन्छ, जुन शिक्षा प्रणाली हामी अपनाइरहेका छौ त्यसको शुरुवात औद्योगिक युगमा भएको थियो । लगभग एक सय बर्ष अगाडि अवलम्बन गरिएको शिक्षा नीति हो । जतिबेला उद्योग, कलकारखानाहरु धमाधम खुल्दै थिए, जसमा अत्यधिक कामदारहरुको माग हुँदै थियो । सामान्य हिसाबकिताब र अध्ययन गर्न जान्ने कर्मचारीलाई राम्रो नोकरीको अवसर प्राप्त भइ हाल्थ्यो । समयको त्यही मागलाई पूरा गर्न शिक्षण संस्थाहरु भटाभट स्थापना हुँदै दक्ष कामदार बन्नको लागि उचित शिक्षा र तालिम दिँदै थिए । सामान्य शैक्षिक योग्यता, सीप र तालिम पश्चात् उचित रोजगारी र आयाआर्जनका विकल्पहरु प्रशस्त थियो ।
शिक्षा र सीपमा गरिएको लगानी नाफामूलक र सुरक्षित साबित हुन्थ्यो । तर, नेपालमा शिक्षा र रोजगारबीचको सन्तुलन शून्य बराबर भइसकेको छ । उच्च शिक्षा प्राप्त गर्दैमा रोजगार पाउँछ, आयआर्जन गर्न सक्छ र उसको योग्यताको सही मूल्यांकन हुन्छ भन्ने ग्यारेन्टी सम्भव पनि छैन । कक्षा १ देखि स्नातकोत्तरसम्मको अध्ययनमा सामान्यतयाः एक विद्यार्थीले ३०÷४० लाख रुपैयाँ खर्च गरेको हुन्छ । मध्यम वर्गीय र गरीब आमाबाबुले समेत ऋण निकालेरै पनि आफ्ना सन्तानलाई सुविधासम्पन्न विद्यालय र कलेजमा पढाउनुपर्ने बाध्यता छ । उपलब्धि के छ त ? भएभरको पुन्जी लगाएर स्नातकोत्तर अध्ययनपश्चात् पनि न त राम्रो जागिरको सुनिश्चितता छ, न त जागीरको कमाइले उसको शिक्षामा गरिएको लगानि उकास्न सक्ने सम्भावना नै छ । अन्ततः नेपालमा बल्लतल्ल अध्ययन पूरा भयो अब त सुख होला भन्ने बेलामा वेरोजगार हुनुपर्ने र अर्काको माटोमा श्रम गर्दै पैसा कमाउन जानैपर्ने कस्तो बिडम्बना !
वैदेशिक रोजगार नभए गर्ने के त ? ५०÷६० लाखको लगानीमा दुई–तीन जना कर्मचारीका साथ दिनमा २० हजारसम्मको कारोबार हुने व्यवसाय गर्ने व्यापारीलाई भेट्ने बित्तिकै खरिदारमा नाम निकाल्न सफल आफ्नै साथीले भन्छन्– ‘विचरा ! सरकारी जागिर खान सकेनौ है ? अलिकति पढेको भए त हुन्थ्यो कि !’ एक सय माउ गाई पालेर छ–सात जना सहयोगीसहित दैनिक तीन सय लिटर दूध वितरण गर्ने गाई फर्म खोल्नेलाई, अस्ट्रेलियामा भाडा माझेर आउने दाइले भन्छन्– ‘विचरा ! बरु युरोपको लागि ट्राइ गरेको भए हुन्थ्यो तिमिले ! के गोबर सोरेर बस्छौ हौ एमए पढेर ।’ यस्ता प्रतिक्रिया त कति हो कति । मानौं अर्काको नोकरी नगरेर पढेको मान्छेले ठूलै अपराध गर्दैछ । तर, यथार्थमा नेपाली समाजका ठूलाबडा भनाउँदाहरुको सल्लाह र आमाबाबुको सपना पनि हो– राम्रो जागिर खानु या त युरोप अमेरिका पस्नु ।
साथी, सहकर्मी र आफन्तसामु गौरवको विषय पनि बन्दैछ डलरमा तलब लिनु । विदेशबाट पैसा पठाउँदा, देशको अर्थनीति पनि मजबुत बन्दैछ रेमिट्यान्सको कमाइले । देशको अर्थतन्त्र मजबुत बनाउँदै प्रतिभा पलायन रोक्न देशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने हो । स्वरोजगार र आत्मनिर्भर बन्न खोज्नु बौद्धिक युवा व्यक्तित्वको सम्मान र संरक्षण हुनुपर्ने हो । तर, त्यसको विपरीत हामी गाउमा बस्ने र कम आयाअर्जन गर्ने युवा पुस्तालाई मानहानी र सामाजिक तिरस्कार गर्छौं र उसलाई विदेशिन बाध्य बनाउँछौं । त्यसैले त युवाविहीन र शिक्षित जनशक्तिविहीन हँुदैछ नेपाली समाज ।
आजको युग कला, सीप, ज्ञान, नविनतम् आविस्कार, अन्वेषण, सूचना र सृजनशिलताको युग हो । सैद्धान्तिक होइन व्यवहारिक शिक्षाको युग हो । स्वरोजगारी, स्वतन्त्रता र आत्मनिर्णयको युग हो । अन्ततः नयाँ पुस्तालाई समयको महŒव र व्यवहारिक ज्ञान सिकाऔं । पैसा बचाउनु होइन पैसा कमाउन सिकाऔं । धनको विज्ञान र पैसाको गणितीय फर्मुला सिकाआंै । सिकाइ पद्धतिमा थोरै रुपान्तरण गरौं । भिडको पछि लाग्नु होइन, एक्लै खडा हुन सिकाऔं । दक्ष, निर्णायक, खुशी र सम्पन्न हुन सिकाऔं । परीक्षामा मात्र होइन, जीवनमा सफल हुन सिकाऔं । रोजगार होइन स्वरोजगार हुन सिकाऔं । भौतिक सुखको लागि विदेशीको गुलाम होइन आत्मसम्मानले स्वदेशमा बाच्न सिकाऔं । नोकर होइन मालिक बन्न सिकाऔं । होइन भने त शिक्षित भएर पनि के गर्नु र !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here