९४ औं किरात समाजसुधार दिवसमा विविध कार्यक्रम

0
5

अर्जुनधारा ।

९४ औं किरात समाजसुधार दिवसको सन्दर्भमा अर्जुनधारा–११ स्थित महागुरु फाल्गुनन्द लिङदेन स्मृति प्रतिष्ठान र किरातेश्वर हाङसाम थेवा युमा माङहिम व्यवस्थापन समितिको आयोजनामा सोमबार विविध कार्यक्रम सम्पन्न भएको छ ।

दिवस अन्र्तगत माङहिम परिसरमा रहेको महागुरु लिङदेनको पूर्णकदको शालिक परिसरमा सुम्निसा र लोरीङ फुङ येन पाङधान सायाम राखिएको, १०८ वटा दिप प्रज्वलनसहित सेवासाँवाहरुबाट सेवा गरिएको माङहिमका सेवासाँवा भीमराज कुरुम्वाङ लिम्बू “फिपराज”ले जानकारी दिए ।

प्रतिष्ठानका सदस्य एवम् माङहिम व्यवस्थापन समितिका सल्लाहकार मोहन सुब्बाका अनुसार सेवासँगै किरात धर्म दर्शनदाता, समाज सुधारक एवम् १६औं राष्ट्रिय विभूति महागुरु लिङदेनको जीवनी र किरात समाजसुधार दिवस बारे चर्चा गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शेरबहादुर इङनामको अध्यक्षतामा आयोजित कार्यक्रममा महागुरु लिङदेनको जीवनी र दिवसको औचित्य बारे अध्यक्ष इङनामले जानकारी गराएका थिए । प्रतिष्ठानका अध्यक्ष इङनाम, माङहिम व्यवस्थापन समितिका अध्यक्ष तिलसिंह माङमु लिम्बू र वडाध्यक्ष खगेन्द्र इङनामले संयुक्तरुपमा उद्घाटन गरेको उक्त कार्यक्रमको सञ्चालन वीजेन्द्रकुमार एक्तेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here