पार्वताको शताब्दी जन्मोत्सव

0
10

झापा ।

झापाको अर्जुनधारा–५ स्थित कञ्चनबारी निवासी सय वर्षीया वृद्धाको जन्मोत्सव स्थानीयले मनाईदिएका छन् ।

कञ्चनवारी निवासी पार्वता बराल सय वर्ष पुगेसंगै उनको दिर्घयु र सु–स्वास्थ्यको कामना गर्दै स्थानीयले घरमै पुगेर केक काटेर जन्मोत्सव मनाउँदै आर्शिवाद लिएका थिए ।

सताब्दी पुरा गरेकी बरालको जन्म वि.सं. १९८१ जेठ ९ गते ताप्लेजुङको हाङदेवामा भएको थियो । उनको सानै उमेरमा विवाह भएपनि श्रीमानको निधन भएको थियो ।

एकल महिलाको रुपमा माइतमै बसेकी बरालको सन्तान नभएको उनका भाई (खदो) कौशल भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here