किरातेश्वर हाङसाम थेवा युमा माङहिममा विविध कार्यक्रम

0
6

अर्जुनधारा ।

उभौली पर्व यक्वा तङनामको अवसरमा बिहीबार झापाको अर्जुनधारा–११स्थित सालबारीमा रहेको किरातेश्वर हाङसाम थेवा युमा माङहिममा विविध कार्यक्रम सम्पन्न भएको छ ।

माङहिमका सेवासाँवा(पूजारी) भीमराज कुरुम्वाङ लिम्बू “फिपराज”का अनुसार गालीसराप बहन्ती, संसारीको पूजाअर्चना, युमा थेवा हिममाङको पूजाअर्चना, लेदुङ सेमी, माङहिम परिसरमा सुम्निसा राख्ने र ३१ वटा लिङ्ग फेर्नेलगायतका कार्यहरु गरिएको बताइएको छ ।

उभौली पर्व–२०८१ आयोजक समितिका संयोजक तिलसिंह माङमू लिम्बूको अध्यक्षतामा आयोजित कार्यक्रममा दाताहरु अर्जुनधारा–४ निवासी मीनादेवी राई, अर्जुनधारा–५ निवासी हर्कबहादुर लिङदेन, अर्जुनधारा–६ निवासी ज्ञानुदय नेम्वाङ, अर्जुनधारा–१० निवासीद्वय कृष्णबहादुर कुरुम्वाङ लिम्बू र विमाया राई साङदेनलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद् शेरबहादुर इङनाम, वडाध्यक्ष खगेन्द्र इङनाम, नेपाल आदिवासी जनजाती महासंघ अर्जुनधाराका उपाध्यक्ष भीम श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा अर्जुनधारा–१० कालिझोडास्थित चोमोलुङ किरात याक्थुम केलाङ समाजमा आबद्ध कलाकारहरुले केलाङ माङलाङ प्रस्तुत गरेका थिए । समितिका सदस्य मोहन सुब्बाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य खगेन्द्र लिङदेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here