गुहे्श्वरी सामाजिक सस्थाद्वारा वृक्षरोपण

0
3

कमल ।

विभिन्न कार्यक्रमगरी आज विश्व वातावरण दिवस मनाईएको छ । संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

यस वर्ष ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ । विभिन्न संघसस्थाले वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएका हुन् ।

यसै अवसरमा कमल गाउँपालिका ५ स्थित गुह्ेश्वरी सामाजिक सस्थाको आयोजना र स्थानिय विभन्न संघसस्थाको सहकार्यमा कमल गाउँपालिका ५ नम्वर वडा कार्यालयको प्राङ्गणमा वृहत वृक्षरोपण गरिएको गुह्ेश्वरी सामाजिक सस्थामा अध्यक्ष गोपाल वहादुर निरौलाले जानकारी दिनुभयो ।

कमल गाउँपालिका ५ स्थित गुह्ेश्वरी सामाजिक सस्थाको आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण कार्यक्रमा सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जनाव तालिम शिक्षालय, स्थानिय विध्यालय, विभिन्न सामाजिक संघ सस्थाको सहभागीतामा विभिन्न जातमा पाँच सय विरुवा रोपिएको अध्यक्ष निरौलाले बताउनुभयो ।

प्रकृतिमुखी जीवनशैलीको लागि पनि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महशुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नु पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here