अर्जुनधारामा जातीय विभेद बिरुद्ध सचेतना कार्यक्रम

0
2

अर्जुनधारा । 

दलित नगर उपभोक्ता समिति अर्जुनधाराको आयोजनामा जातीय विभेद बिरुद्ध सचेतना कार्यक्रम बुधबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामको श्रवणहलमा समितिका अध्यक्ष बुद्ध बराइलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले उद्घाटन गरेका थिए ।

सहजकर्ता अधिवक्ता नरेश खातीले जातीय तथा अन्य छुवाछूत तथा भेदभाव(कसुर र सजाय) ऐन् २०६८, ऐनमा भएको व्यवस्थालगायतका विषयमा सहजिकरण गरेको कार्यक्रममा ६४ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, अर्जुनधारा जलेश्वर धामका आचार्य हेमन्त भण्डारी, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापालगायतले आफ्नो धारणा राखेका थिए ।

समितिकी सदस्य बालकुमारी रसाइलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव धनकुमार नेपालीले गरेका थिए । समितिले सोही कार्यक्रम गत जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको दिन अर्जुनधारा नगरपालिकाको सभाहलमा सम्पन्न गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here