चल्नै पर्छ पानी !

0
9


नयाँ युगको नयाँ नेपालमा, नयाँ–नयाँ छ बिहानी
हातमा हात साथमा साथ, मिलेर भनौं हामी
चल्दा श्रम चल्दा सिप, चल्नै पर्छ पानी
चल्दा श्रम चल्दा सिप, चल्नै पर्छ पानी

रगतमा भेद देखायो कसले ? मुटुमा छेद लगायो कसले ?
प्रकृतिका हामी समान फूल, उच र निच छुट्यायो कसले
भाइ–भाइमा भेदभाव मिटाइ सारा निशानी
हातमा हात साथमा साथ मिलेर भनांै हामी
चल्दा श्रम चल्दा सिप, चल्नै पर्छ पानी

आँखामा हेर आँशु छ उस्तै, ओठमा हेर हाँसो छ उस्तै
शरीर उस्तै, भावना उस्तै, रगत छ रातो नसामा उस्तै
भुलेर सारा भएका गल्ती, आजसम्म जानी नजानी
हातमा हात साथमा साथ, मिलेर भनौं हामी
चल्दा श्रम चल्दा सिप, चल्नै पर्छ पानी

सुख र दुःख बाढौला सङ्गै, देशको निम्ति लडौंला हामी
नेपाल आमा काँधमा बोकी, प्रगतीपथमा बडौला हामी
सगरमाथा शिरमा राखौं, बनाउँला माटो कै सिरानी
मानवता र राष्ट्रियता नै देशको मुलमन्त्र ठानी
हातमा हात साथमा साथ, मिलेर भनौं हामी
चल्दा श्रम चल्दा सिप चल्नै पर्छ पानी
चल्दा श्रम चल्दा सिप चल्नै पर्छ पानी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here