गौरीशंकरका टेकनाथ सन्थाल समुदायमा उत्कृष्ट

0
8

झापा ।

बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माध्यमिक बिद्यालयका विद्यार्थी टेकनाथ सोरेनले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् ।

सीमान्तकृत सन्थाल समुदायबाट परीक्षा सहभागी बनेका उनी हालसम्मकै उच्च अंक ल्याउने विद्यार्थी बनेका छन् । सोरेनले २०८० को एसइईमा ३.८२ जिपिए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ ।

टेकनाथ विद्यालयका अनुशासित र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालले बताए । आफ्नो परिश्रम र विद्यालयको निगरानीले प्रतिफल आएको सोरेनको भनाइ छ । बाह्रदशी–६ डाँगीबारी निवासी टेकनाथका बुवा राजिन्दर र आमा उषाको कोखबाट उनी २०६४ साउन ३० गते जन्मिएका थिए । उनका वुवाआमा सामान्य खेती र अर्काको दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणनाअनुसार ५७ हजार ३१० जनसंख्या रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here