भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

0
3

टक्सार (भोजपुर), 

भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि यस्तो घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिनुभयोे ।

समन्वय समितिका प्रमुख राईले आगामी दिनमा पनि खोप लगाउनबाट कोही पनि वञ्चित हुन नहुने बताउँदै यसमा महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रदेशभित्रका १४ मध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छैटौँ जिल्ला हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here