झापामा नेपाल–भारतका सुरक्षा निकायबीच सीमा बैठक

0
22

झापा ।

नेपाल– भारतबीच सीमा सुरक्षासम्बन्धी छलफल भएको छ । भद्रपुर-८ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापामा जिल्ला प्रशासन कार्यालय झापाले इन्डो नेपाल बोर्डर कोअर्डिनेटर कमिटीको बैठक आयोजना गरेको थियो ।

बैठकमा विपद् व्यवस्थापन, सीमा तथा सीमा स्तम्भ, दशगजामा लगाएको खेतीबाली हटाउने, सीमा अपराध, लागू औषध नियन्त्रण, अपराधीहरूको सेल्टर पहिचान, मानव बेचबिखन तथा ओसारपसार, सीमापार अवैध बसाइँसराई, अवैध चोरी निकासी/पैठारी तथा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन के.सी, नं.२ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राई, जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राई, जनताको तटबन्ध कार्यालय झापाका इन्जिनियर यादव बराल सहभागी थिए ।

त्यस्तै भारतका तर्फबाट जिल्ला किसनगञ्जका आइएएस डिस्ट्रिक्ट मजिस्ट्रेट तुषार सिंग्ला, किसनगञ्जका पुलिस सुपरिटेन्डेन्ट सागर कुमार, किसनगञ्जका एडिसनल डिस्ट्रिक्ट मजिस्ट्रेटे अमेरेन्द्र कुमार पङ्कजलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here