मोरङको खार खोला पैनीमा आएको बाढीले सुन्दरहरैचाको बस्ती डुबान (फोटो फिचरसहित)

0
167

योगेन्द्र योगी,
सुन्दरहरैचा ।

मोरङको खार खोला पैनीमा आएको बाढीले सय घर डुबान भएको छ। सुन्दरहरैचा नगरपालिका ५ र ६ को बीचमा पर्ने खार खोला पैनीमा आएको बाढी सय भन्दा बढी घर डुबानमा परेको हो ।

गएराती देखि परेको अविरल वर्षाका कारण सुन्दरहरैचामा सय भन्दा बढी घर डुबानमा परेका छन्। सुन्दरहरैचा ५ मा पर्ने तीनपैनी नजिक कल्भट रहेको र त्यो नखोल्दा त्यस भन्दा माथिका घरहरु डुबानमा परेको स्थानीयहरुले बताएका छन्।

डुबान भएपछि मानिसहरु घर छाडेर बाहिर बस्न बाध्य भएका छन्। स्थानीयले कल्भट नखोल्दा बस्ती डुबान भए भन्ने जानकारी पाएपछि सुन्दरहरैचा ५ का वडा अध्यक्ष गणेश चौधरीलाई सम्पर्क गर्दा त्यहाँ पानी समिति रहेको र समितका अध्यक्षलाई फोन गरी त्यो कल्भट तत्काल खोल्न निर्देशन दिएको बताए।

अहिले कल्भट खोलेपछि बिस्तारै पानी जान थालेको छ भने मानिसहरु पनि घर भित्र पस्न थालेका छन्। अब आउने योजनामा त्यो कल्भट ब्यबस्थित ढंगले निर्माण गरी पानी पर्ने बित्तिकै खोल्न पनि स्थानीयहरुले माग गरेका छन्। बस्ती डुबानमा परेको भन्ने सुनेपछि सुन्दरहरैचाका नगरप्रमुख केदार प्रसाद गुरागाईले स्थलगत निरिक्षण समेत गरेका छन्।

गएराती अविरल वर्षा भैरहेको भन्दै जल तथा मौसम विभागले सतर्क रहन पनि अनुरोध गरेको छ। विभागले सबैको मोबाइल फोनमा म्यासेज पठाउदै पछिल्लो ३ घन्टामा सुनसरीको चतरा, धरान, ईटहरी, मोरङको केरावारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी बर्षा भएको जनाएको छ।

अझ थप वर्षा हुने देखिएकाले सेउती,सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी आउन सक्ने जनाउदै दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै वर्षासंगै आएको बाढी र पहिरोको कारण कोशी राजमार्ग धरान -धनकुटा सडक खण्ड अबरुद्ध भएको छ। धनकुटाको साँगुरीगढी ६ मा पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here