ईलाका प्रहरी कार्यालय पथरीमा परिचायात्मक कार्यक्रम सम्पन्न

0
14

पथरीशनिश्चरे,

इलाका प्रहरी कार्यालय पथरी को कार्यालयमा एक परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। आज मोरङको पथरी शनिश्चरेमा रहेको इप्रका पथरी का नयाँ डीएसपी मोहनविक्रम दाहाल सित भेटघाट तथा परिचययात्मक कार्यक्रम सम्पन्न भएको हो।

डिएसपी गणेश श्रेष्ठलाई केन्द्रीय प्रहरी कार्यालय, काठमाडौँ, तालिम केन्द्रमा खटाइएपछि पथरीशनिश्चरे नगरपालिका र आसपासका क्षेत्रलाई शान्ति तथा सुरक्षा कायय गराउन तालुकदार प्रहरी संगठनले डिएसपी मोहनविक्रम दाहाललाई जिम्मेवारी दिई पठाएको छ।

वि स २०६७ सालतिर साविक पथरी गाउँ विकास समिति रहदाँ अस्थायी प्रहरी चौकीका ईन्चार्ज समेत रहनु भएका डिएसपी दहालको पालामा हालको ईलाका प्रहरी कार्यालय निर्माण भएको र सोहि समयमा पहिलो इन्स्पेक्टर बनेर प्रहरी सेवा मार्फत कुशलतापूर्वक कार्य सम्पादन गरी सक्नु भएकाे थियाे । उनै डिएसपी दहाल ट्राफिक प्रहरी कार्यालय इटहरीबाट जनपथ प्रहरी तर्फको ईलाका प्रहरी कार्यालय पथरीमा जिम्मेवारी सम्हाल्न आउनुभएको हो।

पछिल्लो समयमा यस नगरको विभिन्न स्थानमा बढ्दै गएको लागू औषध कारोबार तथा दुर्व्यसनीको घटनाहरुलाई न्यूनीकरण गर्न र अन्य अपराधिक गतिविधि नहुनको लागि नागरिक तथा प्रहरीको साझेदारीमा विभिन्न सुरक्षाजन्य कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लगिने उहाँले बताउनुभयो।

पथरीशनिश्चरे नगरपालिकाका पूर्व पश्चिम राजमार्ग, विभिन्न चोक र गल्लीहरूमा यस अघि जडान गरिएको सिसिटिभी र क्यामेराहरूले मर्मत-सम्भार नहुँदा सवारी दुर्घटना तथा अपराधिक गतिविधि तथा घटनालाई तत्कालै अनुसन्धान गर्न र कारवाहीको दायरामा ल्याउन असहज भएको जनाईएको छ। आगामी दिनहरुमा जनपथ प्रहरी तथा सञ्चारकर्मीहरूको बीच सहयोग आपसी सहकार्यका आधारमा नगर क्षेत्रमा हुने अपराधिक गतिविधिहरू नियन्त्रणको लागि सहकार्य गर्ने प्रतिबद्धता जाहेर भएका थियो।

यसअघि नगरपालिका र वडा नम्बर कार्यलयले मुख्य राजमार्गको सडक छेउमा दु दर्जन बढी जडान गरिएका सिसी क्यामेराहरू मध्धे आधा दर्जन सिसी क्यामेराहरूले सामान्य रुपमा काम गरिरहेको र बाँकी अन्य क्यामेराहरू काम नै नलाग्ने अवस्थामा पुगेका छन्। नबिग्रीएका क्यामेराहरूबाट प्रष्ट फुटेजहरू नदेखिने कारण अपराध अनुसन्धानमा असहज परिस्थिति सृजना भई अपराधी उम्किने अवस्था रहेको जनाईन्छ।

असार,साउन ,भदौ महिनाभर अत्याधिक वर्षात , हावा हुरी र चट्याङका कारण बिग्रिएका ती सिसी क्यामेरा हालसम्म पनि भएका छैनन्। उक्त अन्तरक्रियात्मक परिचयात्मक कार्यक्रममा ट्राफिक प्रहरी पथरी शनिश्चरेका प्रमुख चेतमान भण्डारी , नरेन्द्र कुमार पौडेल -(विराट चोक) ,लोक बहादुर दियाली – (वेलवारी ट्राफिक कार्यालय) , प्रहरी निरीक्षक ब्रम्हा देव शाह तथा पथरी’शनिश्चरे नगर क्षेत्रमा कार्यरत विभिन्न पत्रपत्रिकामा कार्यरत् पत्रकारहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here