झापा ।
झापाको बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकी सार्वजानिक विदाका दिन पनि आफ्ना नागरिकको सेवामा तल्लिन हुने गरेको पाइएको छ ।
वडाध्यक्षको बुढाथोकीको नेतृत्वमा वडा सदस्य हरिप्रसाद बास्कोटा, नेकपा (एमाले) वडा नं ३ का अध्यक्ष कोसिश घिमिरे दिनेश अधिकारी, साथै कर्मचारीद्वय आकाश कार्की र लक्ष्मण शाहीको टोलीले बिर्तामोड–३ मा रहेका अशक्त ज्येष्ठ सदस्य तथा अपाङ्गता रहेका सर्वसाधारणलाई घरमै पुगेर सेवा प्रदान गरेका छन् ।
कार्यालय सम्म आउन नसक्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई उहाँहरुको घरमा नै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको वडाध्यक्ष बुडाथोकीले जानकारी दिए ।
बिर्तामोड–३ मा ३२ वडा टोलहरु रहेको र आफ्ना वडामा भएका सबै नागरिकले सेवा पाउनुपर्छ भन्ने उद्धेश्यका साथ शनिबारका दिन पनि जनप्रतिनिधि, कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिको टोलीले सेवाा प्रवाह गरेको एमाले अध्यक्ष घिमिरेले बताए ।