कोशी प्रदेशमा लागूऔषधसहित १० जना पक्राउ

0
35

योगेन्द्र योगी,
बिराटनगर।

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–४ मा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागूऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका–१ का २३ बर्षिय बिशाल खड्का र काठमाण्डौ महानगरपालिका–५ का २५ बर्षीय गणेश थापा समेतलाई ५५ ग्राम ब्राउन सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–२ का २० बर्षीय सौगात थापा, २१ बर्षीय सागर खत्री, २३ बर्षीय सुरज राई र सुन्दरहरैचा–११ का २० बर्षीय पुकार विश्वाकर्मालाई ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत गरी ७०७ ट्याब्लेट निषेधित औषधिसहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २० बर्षीय आकाश साहलाई ट्रामाडोल ४ हजार ८ यस ट्याब्लेट सहित पक्राउ गरेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय कटरी उदयपुरको प्रहरी टोलीले कटारी नगरपालिका–८ का दलबहादुर आले मगर र सुमन आले मगरलाई १० किलोग्राम ९६० ग्राम गाँजासहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here