झापा । माँ दुर्गा मोटर ड्राइभिङ सेन्टरका सञ्चालक युवराज धौरालीको निधन भएको छ ।
अर्जुनधारा नगरपालिका – ८ भएका ५२ वर्षीय धौरालीको सोमवार निधन भएको हो । उनी धौलारी माल्दाईका नामले परिचित थिए । ज्वरो आएर विरामी बनेका उनी केही दिनको अस्पताल बसाई पछि घर फर्किएको र उनको निमोनियाका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
धौरालीका श्रीमती सीता सहित दुई छोरा र एक छोरी रहेका छन् । दुई छोराहरुमा आशिष र मोहन धौराली रहेका छन् भने छोरी संगीता धौराली रहेकी छिन् । स्व.धौरालीको कनकाई माईमा मंगलवार ११ वजे अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।