बिर्तामोड ।
अविरल वर्षासंगै प्रभावित बनेका झापाको बिर्तामोड–३ का तीन घर परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।
वर्षाका कारण प्रभावित बनेका अति विपन्न परिवारलाई राहत सामग्री प्रदान गरिएको सौगात माझीले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशााका सभापति मनोज अग्रवाल र निवर्तमान सभापति सजेश शिवाकोटीले उक्त सामग्री दिए पछि आफुहरुले अति आवश्यक परेकाहरुलाई पहिचान गरेर वितरण गरेको माझीको भनाई छ ।
बिर्ता बजारस्थित अनारमनी पब्लिक क्याम्पस पछि रहेका रेडक्रशका आजीवन सदस्य उमेश चौधरी, सौगात माझी र गौतम माझीका साथै बिर्ता बजार प्रहरी चौकीका प्रतिनिधिको उपस्थितीमा त्रिपाल वितरण गरिएको बताइएको छ । वर्षामा पानी चुहिएर बस्न समस्या भएपछि सहज होस् भन्ने उद्धेश्यले सहयोग गरेको जनाइएको छ ।
वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित बन्न पुगेको थियो भने ठूलो संख्यामा जनधनको क्षति भएको सरकारले जनाएको छ ।