योगेन्द्र योगी
विराटनगर,
मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले नाइट्राजेपाम ट्याब्लेट -१०० चक्की सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यस्तै, बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी-५ का २६ बर्षीय राज भुजेल, ईटहरी -१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र -६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट-३०७ क्याप्सुल, ट्रामाडोल-३८ क्याप्सुल, डिकोलिक-१३ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।