सुन्दर सामुदायिक वनको १४ औं साधारण सभा

0
81

बिराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – ६ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। “स्वच्छ, सुन्दर र हराभरा सुन्दर सामुदायिक बन, पर्यटन प्रवद्र्धन र वन व्यवस्थापन हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ १४ औं साधारण सभा सम्पन्न भएका हो ।

साधारण सभाको प्रमुख अथिति प्रदेश वन महासंघ सदस्य अग्नि प्रसाद पौडेल गमलामा जल सेचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । वनका अध्यक्ष कमल अधिकारीको समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी महासंघ सदस्य पौडेल प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै ,सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्षिक आम्दानी, सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै ,यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गरी स्थानीयलाई सहज रुपमा दाउरा ,घाँस , स्याउला उपलब्ध गराउनु पर्ने बताए।

सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरिसिकारी नियन्त्रण ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबैजनाले पहल गर्नुपर्नेमा उनको जोड थियो । बनले बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै बन संरक्षण गर्नु पर्नेमा उनले जोड दिए ।

साधारण सभामा अध्यक्ष अधिकारीले वनको बार्षिक प्रतिवदन र लेखा समिति संयोजकले लेखाप्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।बार्षिक साधारण सभामा उक्त सामुदायिक वन अन्तर्गत पर्ने जेष्ठ नागरिक र गछिया आधारभूत बिद्यालयमा अध्ययनरत ४ जना विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थिए।

कार्यक्रममा वनका उपभोक्ता तथा विभिन्न संघ सस्थाका पदाधिकारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन उक्त वनका सहसचिव दुर्गा बहादुर प्रधानले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here