टोल बिकास सस्थाले कुटिडाँडा सफा बनाउदै

0
147

गणेश अर्याल /इलाम,

टोलको सरसफाइ र ब्यवस्थापनमा जुटेको कुटिडाँडा टोलबिकास सस्थाले इलामको कुटिडाँडामा सरसफाइ गरेको छ । हप्तामा एक दिन सरसफाइ कार्य गर्दै आएको कुटिडाँडा टोलबिकास सस्थाले कुटिडाँडा बजार क्षेत्रको झार तथा अन्य फोहोर सरसफाइ गर्ने गर्दछ ।

टोलबिकास सस्थाले सडक बिद्युत र सस्कृति जगेर्नालाई बिशेष जोड दिएर कार्यक्रम गरिरहेको छ । ्८९ घर सदस्य रहेको यस टोलमा ढल ब्यवस्थापन मुख्य चुनौती रहेको टोलबिकास सस्थाका अध्यक्ष मिलन भुजेलले बताउनु भयो । दिगो समस्या समाधानको लागि योजना बनाएर बजेट ब्यवस्थापन भए ढलको समस्या समाधान हुने अध्यक्ष भुजेल बताउनु हुन्छ ।

यो सग सगैे अब्यवस्थित पशुपालन घर घर सम्म पुग्ने बाटो निर्माणमा पनि चुनौती रहेको आगामी बर्ष सम्ममा समाधानको उपाय खोजि गरीने अध्यक्ष भुजेल बताउनु हु्रन्छ । यस अधि साधारण सभाको अवसरमा टोलबिकास सस्था भित्रका ११ जना एकल महिलाहरुलाई सम्मान गरिएको थियो । टोलबिकास सस्थाले कुटिडाँडा क्षेत्र सरसफाइ गर्न सुरु गरेपछि बजार क्षेत्र सफा हुनको साथै सुन्दर र चिटिक्क देखिन थालेको छ ।

यसै बिच गाउपालिका भरीमा ५७ वटा टोलबिकास सस्था गठन गर्ने क्रममा रहेको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताउनु भएको छ । एक घर बाट महिनामा एक जना श्रम मा जानुपर्ने अनुसारको कार्यबिधी बनाएर लागु गर्ने पनि अध्यक्ष स्याङबोले बताउनु भएको छ । रोङ गाउपालिकामा साबिकको ४ वटा गाउबिकास समिति समेटिएपछि हाल ६ वटा वडा कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here