साना किसानको १४ औ साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: कल्पना सर्वसम्मत

0
106

विमल दहाल, दानावारी ।

साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड, दानावारी माई नगरपालिका इलामको १४औ बार्षिक साधारण सभा तथा पाचौं अधिवेशन विहिबार सम्पन्न भएको छ ।

दानावारी क्षेत्रका २९५ समूह अन्तरगत १२३३ जना महिला सदस्य रहेको साधारण सभालाई प्रमुख अतिथि माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले महिलाहरुले सञ्चालन गरिएको साना किसान महिला कृषि सहकारी माई नगरकै उत्कृष्ट सहकारी रहेको बताउनु हुदै नगरले उत्कृष्ट सहकारी र कृषकहरुलाई १ करोडको साझेदारी कार्यक्रम ल्याएको वताँउनुभयो । उहाँले ८०/२० को साझेदारी कार्यक्रम अन्तरगत माई नगरपालिकावाट ८० प्रतिशत अनुदान कृषि विउविजन, केराखेति, अम्लिसो खेति, सुपारी खेतिम लगायतमा अनुदान दिईने जानकारी दिनुभयो । वहाँले आगामी ४ बर्षका लागि बन्ने समितिलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।

सभामा कार्यक्रम तथा प्रगति प्रतिवेदन सहकारीका प्रबन्धक इन्द्र वहादुर रैका मगर (दिपक)ले प्रस्तुत गर्नु भएको छ । प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/०८१ मा आईपुग्दा २९५ समुह मार्फत सञ्चालित सहकारीको शेयर २ करोड ५९ लाख ६२ लाख ५ सय रुपैया, बचत ६ करोड ८४ लाख ५५ हजार ३ सय २७ रुपैया, ऋण लगानी १९ करोड ९६ लाख ८७ हजार ३ सय ८७ रुपैया र मुनाफा ३७ लाख ४१ हजार ९ सय १० रुपैया रहेको छ ।

त्यस्तै सुत्केरी स्याहार खर्च २१ जनालाई ४२ हजार रुपैया र मृत्यू संस्कार खर्च ७ जनाको २ लाख ५० हजार ५ सय प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको तर्फवाट वार्षिक प्रतिवेदन राधा आचार्यवाट प्रस्तुत भएको थियो ।

साधारण सभामा कार्यक्रममा विभिन्न क्षेत्रका १२ जना महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित महिलाहरुमा उत्कृष्ट किसान तरकारी खेति तर्फ गिता देवी चौहान, बाख्रा पालन तर्फ मञ्जुदेवी सिंजाली, गाई भैसी पालन तर्फ रञ्जना पौड्याल रहनुभएको छ । त्यस्तै उत्कृष्ट समुह तर्फ समुह नम्बर-३८, उत्कृष्ट ऋणी सदस्य पवित्रा राई, उत्कृष्ट दैनिक वचतकर्ता याम कुमारी भण्डारी, उत्कृष्ट एस.ई.ई.पास दिपिका ढकाल, जेष्ट सदस्य डम्बर कुमारी बास्तोला रहनु भएको छ ।

त्यस्तै दानावारीमा साना किसान सहकारी संस्थापक मिना कालाखेती, पूर्व प्रबन्धक याम कुमारी मगर, पूर्व प्रबन्धक यामकुमारी मगर, पुर्व कर्चारी द्वय टिका ढकाल र चित्रकला बस्नेत रहनु भएको छ । सहकारीले कृषकलाई सहुलियत दरमा आधुनिक कृषि औजार, रसायनिक मल, जैविक मल, अन्य कृषि सामाग्रीहरु, धान, मकै,घास तथा तरकारीका विउहरु प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष कल्पना थापा मगरको अध्यक्षता, उपाध्यक्ष रञ्जना थापा तथा लेखा समिति सदस्य सिता भट्टराईको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, साना किसान विकास बैक विर्तामोडका प्रमुख गणेश भट्टराई, माई नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष देवकुमार तामाङ्ग, पुर्व उपमेयर विष्णुमाया आचार्य, नेकपा एमाले माई नगर कमिटि अध्यक्ष मुखराज आङ्दम्वे, नेकपा माओवादी केन्द्र माई नगर कमिटी अध्यक्ष भक्त वहादुर लुङ्गेली, दानावारी कृषि सहकारी संस्थाका अध्यक्ष भक्त वहादुर काफ्ले, नेपाल रेडक्रस सोसाईटी दानावारी सभापति मित्र प्रसाद गौतम लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसैविच सहकारीको बन्दसत्रवाट पुन: कल्पना थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ । नव गठित समिको उपध्यक्षमा बाल कुमारी ढकाल, सदस्यहरुमा चन्द्रकला रेग्मी, जसोदा पौड्याल, विन्दु राई, चन्द्र कुमारी राई, भिमादेवी पुरी, निर्मला पाण्डे, नर्वदा खड्का, रेश्मा राई चयन हुनुभएको छ । त्यस्तै ३ सदस्यीय लेखा समितिको संयोजकमा धनकुमारी राई (सुनिता), सदस्यहरु राधा आचार्य र सिता भट्टराई चयन हुनुभएको सहकारी सह-प्रबन्धक सिर्जना खवास मगरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here