इलाम, इलाम जिल्लाकै पुरानो एवं प्रतिष्ठित संस्था सुनगाभा विकास संस्थाको ३६ औं बार्षिक साधारण सभा एवम् ११ औं अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा रेणुका खड्गी फागो, सचिवमा मधुसुधन श्रेष्ठ, सह–सचिवमा उदय विश्वकर्मा र कोषाध्यक्षमा याम बहादुर प्रधान चयन भएका छन् ।
त्यस्तै संस्थाको सचिवमा सरोज फागो र डाक प्रसाद दुलाल (डिपी) रहनु भएको निर्वाचन समितिका संयोजक कमल प्रसाद नेपालले जानकारी दिए ।
वि.स. २०४० साल फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको संस्थाको ३६ औ बार्षिक साधारण तथा ११ औ अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, सुनगाभा विकास संस्थाका संस्थापक अध्यक्ष एवम सल्लाहाकार संयोजक कृष्ण प्रसाद श्रेष्ठ, गैर सरकारी संस्था जिल्ला अध्यक्ष इन्दिरा घिमिरे, निवर्तमान अध्यक्ष कमल प्रसाद नेपाल, नेवा देय दवु इलाम अध्यक्ष कमल श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभककामना मन्तब्य राख्नु राखेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी रोशन सुब्बालाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । सहसचिव मधुसुधन श्रेष्ठले समष्टिगत प्रतिवेदन, कोषाध्यक्ष माई प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष यशोदा देवानले गर्नुभएको कार्यक्रममा उत्कृष्ट कर्मचारी रोशन सुब्बालाई कदर पत्र, दोसल्ला सहित सम्मान गरिएको संस्थाका सदस्य विमल दहालले जानकारी दिए ।