बिर्तामोड नगर क्षेत्रमा सडक कालोपत्रे र मर्मत सम्भार

0
8

झापा, बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा सोमवार कालोपत्रे गरीएको हो ।

बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए। जिएनएस कन्स्ट्रक्सन हल्दिबारीले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जिएनएससंग गत २०८० जेठ २ गते नै सम्झौता भएको थियो ।

नगरपालिकाले यसपछि गोकुल जोशी मार्ग, वडा नम्बर १० स्थित मोहन चोक देखि शिवालय जाने सडक , तारानाथ चोक देखि पथरभिटा जाने सडक, शहिद नेत्र मार्ग, प्रगतिनगर शंकरबाडी सडक लगायत अन्य विभिन्न सडकमा कालोपत्रे गर्ने छ । यसका लागि ठेक्का प्रक्रिया अघि बढाएको ईन्जिनियर श्रेष्ठले जानकारी दिए।

बिर्तामोड नगरपालिकाले भत्किएका विभिन्न स्थानका कालो पत्रे सडकहरुमा मर्मत कार्यसमेत अघि बढाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here