चारआली । त्रिदेव बहुमुखी क्याम्पस चारआलीले गरेको गजल तथा कविता प्रतियोगितामा प्रतिभा ढकाल प्रथम भएकी छिन् । योसंगै उनले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।
त्यस्तै दोश्रो हुने चिरञ्जीवी कोइरालाले २ हजार ,तेश्रो हुने दिनेश दर्नालले १ हजार पाँच सय तथा सान्त्वना स्वरुप उषा निरौलाले पाँच सयसहित प्रमाणपत्र प्राप्त गरेका छन।
क्याम्पसको नेपाली तथा अंग्रेजी विभागद्वारा मंगलवार बिहान क्याम्पस सभाहलमा आयोजित प्रतियोगिता कार्यक्रममा १४ जना प्रतियोगी रहेका थिए।
क्याम्पस सचालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिस्ट अतिथिको रुपमा क्याम्पस प्रमुख तेजप्रसाद खनाल रहेका थिए।
त्रिदेव क्याम्पस प्राध्यापक सघकी सभापति साबित्रा दाहाल,स्ववियु सभापति अर्जुन गौतमले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रममा निर्णायकको भूमिका अंग्रेजी विभाग प्रमुख विवेक उप्रेती र नेपाली विभागका प्रमुख ढुण्डिराज न्यौपानको रहेको उक्त कार्यक्रम वार्षिक क्यालेन्डर अनुरुप गरिएको बताइएको छ। क्याम्पस मेचीनगर कै एकमात्र स्नातकोत्तर तह सम्म पठनपाठन हुने विश्वविद्यालय अनुदान आयोग युजीसी नेपालबाट क्यूएए प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पस हो।