सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराको अन्तरक्रिया

0
30

अर्जुनधारा, सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहहरुले भोग्नुपर्ने समस्याहरुको विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवम् कार्यक्रमका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
अर्जुनधारा–९स्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको पर्यापर्यटन क्षेत्रमा महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
महासंघ अध्यक्ष श्रेष्ठले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय गीताराज खड्का र हरिशचन्द्र बाँस्तोला, नगर कार्यपालिका सदस्य कौशिलाल परियार, कनकाई सब डिभिजन कार्यालयका प्रमुख राजु खड्का, महासंघ झापाका सदस्य एवम् अर्जुनधारा इञ्चार्ज तुलसीप्रसाद खतिवडा, नगर सामाजिक विकास शाखाकी कर्मचारी पुष्पा पौडेललगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले आफ्नो धारणा राख्ने क्रममा पाएको सुझाव अनुसार करको विषयमा सम्पूर्ण सरोकारवालाको प्रतिनिधिमूलक सहभागितामा अर्जुनधारा नगरपालिकाको कार्यालयमा पुनः छलफल गर्ने निष्कर्श भएको बताइएको छ । कार्यक्रम संयोजक श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य टेकनाथ अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here