अर्जुनधाराद्वारा ४२औं वार्षिक अनुष्ठानको आय–व्यय सार्वजनिक

0
56


अर्जुनधारा,
झापाको अर्जुनधारा–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा गत मंसीर ८देखि १५ गतेसम्म सञ्चालन भएको ४२औं वार्षिक अनुष्ठानको आय–व्यय विवरण बुधबार सार्वजनिक गरिएको छ ।
धामको प्राङ्गणमा धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष मनोज जोशीले उक्त विवरण सार्वजनिक गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा अनुष्ठानको जम्मा आय एक करोड ४४ लाख ३८ हजार दुई सय चार रुपैयाँ १९ पैसा, जम्मा व्यय ९१ लाख ५६ हजार सात सय ८३ रुपैयाँ र जम्मा बचत ५२ लाख ८१ हजार चार सय २१ रुपैयाँ १९ पैसा उल्लेख गरिएको छ ।
आय अन्र्तगत सहयोग रसिदबाट ४७ लाख ५४ हजार दुई सय ३९ रुपैयाँ, १०८ यजमान कार्यक्रमबाट ४४ लाख ६६ हजार पाँच सय ६१ रुपैयाँ, अक्षयकोषबाट २९ लाख ८३ हजार नौ सय ३० रुपैयाँ, मन्दिर+१०८ भागवत भेटीबाट १५ लाख ११ हजार आठ सय २९ रुपैयाँ १९ पैसा, अन्य आम्दानीबाट चार लाख ४४ हजार दुई सय ९५ रुपैयाँ, गंगा आरती कार्यक्रमबाट दुई लाख २५ हजार रुपैयाँ र बजार स्टलबाट ५२ हजार तीन सय ५० रुपैयाँ प्राप्त भएको छ ।
अध्यक्ष गट्टानी, कोषाध्यक्ष जोशी, धामका मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएको उक्त कार्यक्रमको सञ्चालन महासचिव शिवलाल खतिवडाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here