पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय र पथरी शनिश्चरे वडा नं १ ले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाईन निर्माण गराएको छ।
बुधबार वडा नं १ को मन्दिरलाईनदेखि बुद्ध चोकसम्मको १किलोमिटर सडकको दुवै खण्डमा सवारी व्यवस्थापन तथा सवारी दुर्घटना न्यून गर्नका लागि निर्माण गरिएको हो।
जथाभावी पार्किङ र सवारी साधनको गति न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक लाईन बनाईएको वडा अध्यक्ष भीम कुमार राईले बताउनुभयो। पथरी शनिश्चरे नगरपालिकाका ईन्जिनियर सन्तोष केसी, वडा नं १ का वडा सदस्यहरू क्रमशः सुरेश कुमार कार्की, पूर्ण बहादुर कार्की , ईलाका ट्राफिक प्रहरी कार्यालय पथरी, रिक्सा चालक संघ लगायतका संघसंस्थाहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।