राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा ‘नेप्रसेसं’ झापाद्वारा वृक्षरोपण

0
19

अर्जुनधारा ।

४९औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघ झापाले मंगलबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको अर्जुनधारा–८ सातपत्रेस्थित जलेश्वर स्वावलम्वन समाजको कार्यालय प्राङ्गणमा आँप, लिची, बयर, समी आदिको बिरुवा रोपेर संघले दिवस मनाएको हो ।

संघका सभापति लीलक सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तत्कालीन झापा जिल्ला विकास समिति सभापति कृष्णप्रसाद मिश्रले आँपको बिरुवा रोपेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश समितिकी सदस्य रञ्जिता कार्की, अर्जुनधारा नगर सभापति हेमप्रसाद खरेल, साहित्यकार कृष्ण धरावासी, मानव अधिकारकर्मी विष्णु खरेललगायतले दिवसको महत्व बारे धारणा राखेका थिए ।

नेपाल प्रजातन्त्र सेनानी महासंघका केन्द्रीय सदस्य सरोज शिवाकोटीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संघका उपसभापति ज्ञानमणि भूर्तेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here