कमल ।
कर्मणी बचत तथा ऋण सहकारी संस्था लि.को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ केर्खामा कार्यलय रहेको सहकारीले २८ जना सदस्य बाट एक लाख चालिस हजार शेयर रकम बाट शुरु गरेको सहकारीले ८ औं वर्ष सम्म आई पुग्दा एक हजार ९३ जना सदस्य संग कारोवार गर्दै दुई करोड १२ लाख ९१ हजार ९३८ रुपैयाको कारोवार गर्न सक्षम भएको अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कतिपय सहकारीका संचालक र कर्मचारीको लापर्वाहीका कारण सहकारी संस्थामा संकट आईपरेको हुँदा सदस्यहरु सचेतहुनु पर्ने बेला आएको छ । सहकारी प्रति अविश्वस बढ्दै गएपछि पछिल्लो समय बैकमा तरलता बृद्धी हुदै गएको कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताए ।
त्यस्तै कमल सहकारी समन्वय समितिका अध्यक्ष शरण कुमार पराजुली लक्ष्मि नारायण मावीका शिक्षक कुमार खतिवडा लगायले साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दुर्गा बहादुर बानियाले प्रस्तुत गर्नु भएको प्रतिवेदन, लेखासमितिका संयोजक कृष्ण कुमारी आचार्यले पेश गर्नु भएको लेखासमितिको प्रतिवेदन र व्यवस्थापक कुवेर दाहालले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट कारोवार गर्नेसदस्य र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा उत्कृष्ट कर्मचारी तर्फ पेरीसा राईलाई पुरस्कृत गरिएको थियो भने व्यात्तिगत न्युन बचत तर्फ घनश्याम गौतम, साधारण बचत तर्फ धिरेन राई, जेष्ठ नागरीक तर्फ दिल कुमार दंगाल, वाल बचत तर्फ सन्देश तामाङ, कर्मणी नियमित बचत तर्फ बम प्रसाद फियाक, खुत्रुके बचत तर्फ विनिता लिम्बू, धनवर्ष बचत तर्फ मेनुका निरौला पौडेल, पेन्सन बचत तर्फ अन्जना खड्का, मासिक नियमित बचत तर्फ लाल बहादुर बुढाथोकी, उत्कृष्ट ऋणी तर्फ अश्मिता लिम्बु लाई सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष दुर्गा बहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सस्थाका सल्लाहकार समिति सदस्य लेखनाथ सुवेदीले गरेका थिए भने उपाध्यक्ष बिकास घिमिरेले स्वागत गरेका थिए ।