माई राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कन्काई मावि प्रथम

0
99

विमल दहाल, इलाम ।

इलामको माई नगरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कन्काई मावि माई नगरपालिका २ ले ७ पदकसहित प्रथम भएको छ ।

गत पुस १२ देखि १४ गतेसम्म सञ्चालित प्रतियोगितामा कन्काई मावि माई-२ ले ७ स्वर्ण, ८ रजत र १ कास्य पदक सहित पहिलो भएको हो । त्यस्तै जनता मावि माईन-९ चिसापानी ६ स्वर्ण, २ रजत र ५ काश्य सहित दोस्रो र वीरेन्द्र मावि माई- ८ ले ५ स्वर्ण, २ रजत र १ काश्य सहित तृतीय भएको छ ।

माई नगरपालिका भित्रका १४ माध्यमिक विद्यालय सहभागी रहेको प्रतियोगितामा भगवती मावि,माई-६ गोतामेटारले ४ स्वर्ण र ३ काश्य सहित चौथो, सरस्वती मावि माई ३ मुसेखोलाले ३ स्वर्ण ७ रजत र ५ कास्य सहित पाँचौं, लक्ष्मी आदर्श मावि माई ८ विष्णुटारले २ स्वर्ण, ४ रजत र ५ काश्य प्राप्त गर्दै छैठौं स्थान प्राप्त गरेको छ।‌

त्यस्तै युवा वर्ष मावि माई-१ सदुवाले २ स्वर्ण र १ काश्य पदक हात पार्दै सातौं स्थान प्राप्त गरेको छ। त्यस्तै शिशु सेवा मावि माई २ चेप्टीले १ स्वर्ण, ३ रजत र ३ काश्य सहित आठौँ स्थान, कृष्ण मावि माई ५ थाक्लेले १ रजत र १ कास्य प्राप्त गरी नोऔ स्थान, नेपाल एकेडेमी माई-४ डाँडागाउँले १ रजत र स्वर्णिम मोडल एकेडेमी माई-४ शुक्रबारेले १ कास्य पदक हात पार्दै एघारौं स्थान हात पारेका छनरेका छन्।

नगरस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति एवं शिशुसेवा माध्यमिक विद्यालय माई २ आयोजक तथा व्यवस्थापन रहेको प्रतियोगितामा छात्र भलिबलमा भगवती मावि स्वर्ण र कन्काईमाविले रजत पदक हात पारेका छन्।

छात्रा भलिबलतर्फ युवा वर्ष माविले स्वर्ण र कन्काई मावि ले रजत पदको हात पारेका छन्। छात्र कवड्डी तर्फ कन्काई मावि स्वर्ण, जनता मावि रजत त्यस्तै छात्रातर्फ जनतामावि स्वर्ण र कन्काई माविले रजत पदम गरेका छन् । कबड्डी खेलका लागि म्याट सहितको ब्यबस्थापन इलाम जिल्लामै माई नगरपालिकामा पहिलो व्यबस्थापन गरिएको खेलका प्रशिक्षक डिल्लीराम कालिकोटे मगर जानकारी दिनुभयो ।

त्यस्तै छात्र हाइजमतर्फ भगवती मावि स्वर्ण, नेपाल एकाडेमी रजत र सरस्वती मावि कास्य पदक प्राप्त गरेका छन् । वीरेन्द्र मावि स्वर्ण, सरस्वती मावि रजत र लक्ष्मी मावि कास्य पदक प्राप्त गरेका छन् । लङजम्प छात्रतर्फ शिशुसेवा स्वर्ण, कन्काई रजत र जनताकास्य छात्रातर्फ सरस्वती स्वर्ण, कृष्ण रजत र लक्ष्मी काश्य प्राप्त गरेका छन् ।

छात्र ट्रिपलजमतर्फ लक्ष्मी स्वर्ण शिशुसेवा रजत र जनता काश्य छात्रातर्फ विरेन्द्र स्वर्ण सरस्वती रजत र लक्ष्मी काश्य पदक प्राप्त गरेका छन् । छात्र सटपुट तर्फ भगवती स्वर्ण,शिशु सेवा रजत र कन्काई काश्य, छात्रातर्फ युवा वर्ष स्वर्ण, शिशुसेवा रजत र स्वर्णिम एकाडेमी काश्य पदक प्राप्त गरेका छन् । छात्र ज्याबलिन थ्रो वीरेन्द्र मावि स्वर्ण, लक्ष्मी आदर्श रजत र कृष्ण मावि काश्य, छात्रातर्फ जनता स्वर्ण, सरस्वती रजत र युवावर्ष कास्य पदक प्राप्त गरेका छन् ।

छात्र १०० मिटर छात्र दौडतर्फ भगवती स्वर्ण, लक्ष्मी आदर्श रजत र सरस्वती काश्य छात्रतर्फ वीरेन्द्र स्वर्ण, कन्काई रजत र शिशु सेवा कास्य, २०० मिटर दौडतर्फ कन्काई स्वर्ण, सरस्वती रजत र वीरेन्द्र कास्य तथा छात्रातर्फ सरस्वती स्वर्ण वीरेन्द्र रजत र शिशुसेवा कास्य पदक प्राप्त गरेका छन्। ४०० मिटर छात्र दौडतर्फ कन्काई स्वर्ण, सरस्वती रजत र लक्ष्मी आदर्श कास्य, छात्रातर्फ सरस्वती स्वर्ण, जनता रजत र भगवती काश्य पदक प्राप्त गरेका छन्।‌ ८०० मिटर छात्र दौडतर्फ लक्ष्मी स्वर्ण कन्काई रजत र शिशु सेवा कास्य छात्रातर्फ जनता स्वर्ण शिशु सेवा रजत र भगवती काश्य पदक प्राप्त गरेका छन् ।

१५०० मिटर दौड प्रतियोगितामा छात्रातर्फ कन्काई स्वर्ण लक्ष्मी रजत र जनता काश्य छात्रातर्फ जनता स्वर्ण बिरेन्द्र रजत र सरस्वती काश्य पदक प्राप्त गरेका छन् । ३००० मिटर दौड प्रतियोगिता को छात्रतर्फ वीरेन्द्र स्वर्ण, सरस्वती रजत र जनता कास्य छात्रातर्फ जनता स्वर्ण कन्काई रजत र लक्ष्मी आदर्श कास्य पदक प्राप्त गरेका छन् ।

रिले दौड चार गुना १ सय मिटर अन्तर्गत कन्काई स्वर्ण लक्ष्मी रजत र सरस्वती काश्य छात्रातर्फ कन्काई स्वर्ण सरस्वती रजत र जनता काश्य पदक प्राप्त गरेका छन् । रिले दौड छात्र ४गुना ४ ०० मिटर प्रतियोगितामा कन्काई स्वर्ण लक्ष्मी रजत र सरस्वती काश्य छात्रातर्फ जनता स्वर्ण कन्काई रजत र भगवतीले काश्य पदक प्राप्त गरेका छन्।

सम्पूर्ण स्वर्ण रजत र काश्य पदक विजेता खेलाडीहरूलाई माइका प्रमुख खम्बासिंह लिम्बु लगायतका अतिथिहरूले ट्रफी म्याडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। आगामी माघ महिनामा माई नगरपालिकामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता हुने तयारी रहेको छ । जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता रहने गरी छनोट प्रतियोगिता समेत सम्पन्न गरिएको आयोजक विद्यालय शिशुसेवा मावि माई २ का प्रधानध्यापक विभिषण शेर्माले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद बिकास समिती इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको प्रमुख आथित्यता, माई नगर प्रमुख खम्बा सिं लिम्बुको अध्यक्षता र शिसु सेवा माविका प्रधानाध्यापक विभिषण शेर्माको सञ्चालनमा शुरु भएको उद्घाटन कार्यक्रमलाई माई नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख सिता लावतीले स्वागत गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here