झापा, बिर्तामोड नगर क्षेत्रमा बढ्दो शहरीकरणका कारण वनस्पतिक आवरण क्षेत्र घट्दै गएको र त्यसले पर्यावरणमा पार्ने क्षति लगायतका विषयमा गरिएको अनुसन्धानका क्रममा बिर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी उत्कृष्ठ भएका छन् ।
काठमाडौंस्थित युनिग्लोव कलेज र नेपाल पोलिमर इन्टिच्युटको संयुक्त आयोजनामा भएको यङ साइन्टिस्ट समिट २०८१ मा बिर्तामोड १ मा रहेको चिल्ड्रेन इन्भारोमेन्टका विद्यार्थी उत्कृष्ट भएका हुन् । ‘भूमि उपयोग तथा आवरण परिवर्तन’सम्वन्धि अनुसन्धानमा देश भरका ८५ वटा भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी थिए । जसमा चिल्ड्रेन इन्भारोमेन्टमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीले ‘रासयनिक तथा वातावरण विज्ञान’मा केन्द्रीत रहेर प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सन् २०१६ र २०२४ को सेन्टिनेल–२ उपग्रहबाट तथ्याङ्क संकलन गरी जीआईएस कम्प्युटेसनल उपकरणहरु प्रयोग गरेर – Random Tree Machine Learning तथा Maximum Likelihood Classification नामक दुई अलग अलग मोडल प्रयो गरेर विद्यार्थीले अनुसन्धान गरेका थिए ।
विद्यालयका विज्ञान शिक्षक तथा अनुसन्धान पर्यवेक्षक सागर सिटौलाको नेतृत्वमा विद्यार्थीहरु एन्ड्रिना आचार्य, एन्जल राना मगर, पल लिम्बू, अस्बी विश्वकर्मा र विश्लोक तिवारी यङ साइन्टिस्ट समिट २०८१ सहभागी थिए । देश भरका ५० बढी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले सो कार्यक्रममा अलग अलग विद्यामा ८५ वटा भन्दा बढी अनुसन्धान परियोजना प्रस्तुत गरेका थिए । जसमा चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी उत्कृष्ठ भएका हुन् ।
विद्यालय स्तरमा अध्ययनरत वैज्ञानिक चेत र सामथ्र्य बोकेका विद्यार्थीको प्रतिभालाई उचित अवसर र वातावरण प्रदान गर्ने उद्देश्यले आयोजित युवा वैज्ञानिक सम्मेलन भएको थियो ।
प्राध्यापक डा. रामेश्वर अधिकारीको अध्यक्षतामा भएको नवौं युवा बैज्ञानिक शिखर सम्मेलन ( यङ साइन्टिस्ट समिट २०८१) मा विद्यार्थीहरुले रासायन तथा वातावरणीय विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ तथा रोबटिक्स, कम्प्युटर विज्ञान तथा कृतिक बुद्धिमता , स्वदेश ज्ञान तथा स्थानीय प्रविधि जस्ता विभिद विधामा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
यस कारण उत्कृष्ट भए चिल्ड्रेनका विद्यार्थी
पूर्बको प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिएको बिर्तामोड नगरपालिका तीब्र रुपमा शहरीकरण उन्मुख छ । ७८ दशमलव २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकामा, कृषियोग्य जमिन, वुट्यान तथा वन क्षेत्र घट्दो रुपमा छ भने आवस क्षेत्र दिनानु दिन बढ्दै गएको छ ।
चिल्ड्रेन इन्भारोमेन्ट बिद्यालयका विद्यार्थीले सन् २०१६ र २०२४ को सेन्टिनेल–२ उपग्रहबाट तथ्याङ्क संकलन गरी जीआईएस कम्प्युटेसनल उपकरणहरु प्रयोग गरेर सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिर्तामोडको शहरीकरण २ दशमलब ७७ प्रतिशतले बढ्दो छ भने जंगली क्षेत्रफल ३ दशमवल ८ प्रतिशतले घट्दो छ । पानीको क्षेत्रफल यथावत रहेपनि वुट्यान क्षेत्र समेत १ दशमलव ६ प्रतिशतले घट्दो छ ।
विद्यालयका विज्ञान शिक्षक तथा अनुसन्धान पर्यवेक्षक सागर सिटौलाको नेतृत्वमा विद्यार्थीहरु एन्ड्रिना आचार्य, एन्जल राना मगर, पल लिम्बू, अस्बी विश्वकर्मा र विश्लोक तिवारीले गरेको अनुसन्धानका क्रममा बिर्तामोड नगरपालिकामा कृषियोग्य जमिन ५९ दशमलव ८१ स्क्वार किलोमिटर रहेको छ । त्यस्तै शहरी बस्ती ८ दशमलव ९ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने वुट्यान क्षेत्र ७ दशमलव २८ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तथ्याङ्क सन २०२४ डिसेम्वरको हो ।
काठमाडौंस्थित युनिग्लोव कलेज र नेपाल पोलिमर इन्टिच्युटको संयुक्त आयोजनामा भएको नवौं युवा बैज्ञानिक शिखर सम्मेलन ( यङ साइन्टिस्ट समिट २०८१) मा प्रस्तुत गरिएको यही तथ्याङ्कका आधारमा चिल्ड्रेन इन्भारोमेन्टका विद्यार्थी उत्कृष्ठ भएका थिए । विद्यार्थीले सन २०१६ र सन २०२४ बीचमा बिर्तामोड नगर क्षेत्रमा ‘रासयनिक तथा वातावरण विज्ञान’मा केन्द्रीत रहेर अनुसन्धान गरेका थिए ।
बिर्तामोड नगरपालिकाले सन २०२० मा गरेको सर्वेक्षणलाई आधार मान्दा बिर्तामोड नगरपालिकाको कुल ७८.२४ बर्ग कि.मि. क्षेत्रफल मध्ये कुल भू–भागको ९२.५७ प्रतिसत क्षेत्रफल कृषि कार्यकालागि प्रयोग भईरहेको छ देखिन्छ । २.३७ प्रतिसत क्षेत्रफल मात्र संरचनागत निर्माणमा उपयोग भएको जनाइएको छ ।
तर, पूर्वी पहाडबाट शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक सेवा सुविधको खोजीमा बसाइ सरी आउने क्रम तिब्र भएका कारण कृषि योग्य जमिन आवस तथा व्यापारिक क्षेत्रमा रुपान्तरण भई रहेको उल्लेछ गरेको छ ।
नगरपालिका अफैले गरेको घरधुरी सर्वेक्षण, सन् २०२० का आधारमा कुल २२ हजार २सय ३३ घर रहेकोमा राष्ट्रिय जनगणना, २०७८ का आधारमा १२ हजार ३९ घरधुरीमा २९ हजार ८ सय ६१ परिवारको बसोबास रहेको । नगरको कुल भू– भागको २.३७ प्रतिसत (१.८६ बर्ग कि.मि.) मा मात्र सार्वजनिक निर्माणका कार्यहरू भएका छन् ।