सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आइतबार भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका क्वाटर फाइनलमा पुगेका हुन् भने सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाहुना टोली क्वाफाइनलबाट सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।
भद्रपुर र गौरादह नगरपालिकाबीच भएको पहिलो खेलमा भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिका क्वार्टरफाइनलमा पुगेको प्रतियोगिताका संयोजक जेनिस चौलागाईले
जानकारी दिए ।
त्यसैगरी, सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिकाबीच भएको क्वाटर फाईनलबाट सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र झापा गाउँपालिका र टिभिए सिक्किमको पाहुना टोलीसँग भएको अन्तिम खेलमा टिभिए सिक्किमको पाहुना टोली विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको आयोजक समितिकी जनसम्पर्क अधिकारी सरिता गुरागाईले जानकारी दिइन् ।
प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकुद समिति रहेको छ ।